back

एम्बेप्पे आउने पक्का भए मात्र मोराटालाई बेच्ने रियलको तयारी

वि.सं.२०७४ असार २० मंगलवार

612 

shares
IME Limited
NTC AD

morata

२० असार, काठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिडले अन्ततः स्टा फरवार्ड मोराटालाई नबेच्ने तयारी गरेको स्पेनिश पत्रिकाहरुले जनाएका छन् । रियलको सुरुवाती एघारमा करिम बेन्जेमालाई खेलाएको कारण दोस्रो रोजाईको स्ट्राईकर रुपमा रहनु परेको भन्दै असन्तुष्ट मोराटाले रियल छाड्ने तयारी गरेका छन् । उनलाई किन्न इङलिश क्लब म्यान्चेष्टर युनाईटेडले प्रस्ताव गरिरहेको बेला रियलले युनाइटेडको प्रस्तावलाई बेवास्ता गर्दै आएको छ । रियलले मोराटालाई नबेच्ने मनाशय स्वरुप मोराटाको बिक्री मुल्य बढाउदै समेत लगेको छ । स्पेनिश पत्रिकाहरुका अनुसार रियलका म्यानेजर जिनेदिन जिदानले उनलाई एक सतृम मात्र बेच्न चाहेका छन् । त्यो हो फ्रेन्च क्लब एएस मोनाकोका स्टार किशोर फरवार्ड किलियन एम्बेप्पेलाई भित्राउन सके मात्र मोराटालाई कलब छाड्न अनुमति दिने रियलले तयारी गरेको छ । तर एम्बेप्पे भने मोनाको छाड्ने कुरामा अझै दोधारमा रहेको पाईएको छ । उनी अझै एक सिजन मोनाकोमै खेल्ने समचारहरु समेत बाहिरिएको पाईन्छ ।

mor1

उता पहिलो रोजाईका फरवार्ड करिम बेन्जेमा फर्ममा नरहदाँ पनि रियलले उनलाई मौका नदिदा असन्तुष्टि पोख्दै आएका मोराटालाई पहिलो रोजाईमा खेलाउने सर्तमा भएपनि रियलले मोराटालाई रियलमै राख्ने निर्णय गरेको छ । रियलले मोराटालाई पुर्व खेलाडी राहुलको उत्तराधिकारीको रुपमा लिएको छ । यो निर्णय सगैँ युनाईटेडले मोराटालाई इङल्यान्ड भित्राउने चाहना संकटमा पर्ने देखिएको छ । मोराटा यति बेला नवविवाहित श्रीमतीसँग हनिमुनमा रहेका छन् ।

 

वि.सं.२०७४ असार २० मंगलवार ०६:३६ मा प्रकाशित

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्र्तगत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले...

यस्तो छ बजेटको पूर्णपाठ

यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट...

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद...

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

काठमाडौं । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तरराष्ट्रिय...