back

मन्त्रिपरिषद्मा महिलाको सहभागिता एक तिहाइ पु¥याउन माग

वि.सं.२०७४ असार २० मंगलवार

513 

shares
GLOBAL IME AD
NTC AD

२० असार, काठमाडौँ  । अन्तरपार्टी महिला सञ्जालले मन्त्रिपरिषद्मा महिलाको सहभागिता एक तिहाइ पु¥याउन माग गरेको छ ।

सञ्जालले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझाउँदै निकट भविष्यमा विस्तार हुने मन्त्रिमण्डलमा संविधानको भावना र मर्मबमोजिम महिलाको न्यूनतम एक तिहाइ प्रतिनिधित्व सुनिश्चितता गर्न माग गरेको हो ।

संवैधानिक आयोग, कूटनीतिक निकाय र अन्य सरकारी निकायमा न्यूनतम ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न पनि माग गरेको सञ्जालका महासचिव यशोदा सुवेदीले राससलाई जानकारी दिनुभयो ।

सञ्जालले नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षमा कम्तीमा ५० प्रतिशत महिलाको उम्मेदवारी दिने व्यवस्था मिलाउन, दलित महिला नभएको अवस्थामा सो स्थानमा अन्य समुदायका महिलाको उम्मेदवारी दिन सकिने व्यवस्था गर्न, न्यायिक समितिमा व्यवस्था भएको तीनजना सदस्यमध्ये एकजना महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गराउनसमेत प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको हो ।

सो अवसरमा प्रधामन्त्री देउवाले स्थानीय तहको निर्वाचनबाट मुलुकभर महिलाको सहभागिता बढेको बताउँदै मन्त्रिमण्डलमा आवश्यक मात्रामा महिलाको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

वि.सं.२०७४ असार २० मंगलवार १४:४५ मा प्रकाशित

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

आमाहरुलाई आत्मनिर्भर बनाउन घर–घरमा उपमेयर

म्याग्दी । महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक...

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

गोरखा भूकम्पको एकदशक अझै सकिएन साततले दरबारको पुनःनिर्माण

रामहरि न्यौपाने । त्रिशूली (नुवाकोट) । गोरखा भूकम्पको १० वर्षपछि...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा टिपरको ठक्करबाट...

महायज्ञमा एक करोड २० लाख सङ्कलन

महायज्ञमा एक करोड २० लाख सङ्कलन

भक्तपुर । शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २०...