back

सियारी गाउँपालिकामा एमाले विजयी

वि.सं.२०७४ असार २१ बुधवार

732 

shares

२१ असार, बुटवल । रुपन्देहीको सियारी गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

मङ्गलबार राति सम्पन्न मतगणनापश्चात् घोषित परिणामअनुसार एमालेका उम्मेदवार अयोध्या थारूले ६ हजार ५२ मत प्राप्त गरेर गाउँपालिकाको अध्यक्षमा विजयी हुनुभएको प्रमुख निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका थानेश्वर घिमिरेले पाँच हजार ४०० मत प्राप्त गर्नुभएको छ ।

यस्तै, उक्त गाउँपालिकाको उपप्रमुखमा एमालेकी अमृता गुरुङ विजयी हुनुभएको छ । उहाँले ६ हजार ५० मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकै रीता चौधरीले पाँच हजार १२९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकामा सातवटा वडा रहेको सियारीमा पाँचवटा वडामा नेकपा ९एमाले० र एक–एक वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाली काँग्रेस विजयी भएका छन् ।

वडा नं १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अरुणकुमार शाही, २ मा नेपाली काँग्रेसका रामकिसन थारू र ३ देखि ७ सम्म क्रमशः नेकपा ९एमाले०का किसन अहिर, सिरिप्रसाद श्रेष्ठ, थम्मनबहादुर पौडेल, शेरबहादुर गुरङ र सरोज अधिकारी विजयी हुनुभएको छ । यो गाउँपालिकामा १७ हजार २०८ मत खसेको थियो ।

वि.सं.२०७४ असार २१ बुधवार ०३:२५ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...