back

अब मात्र २७ तहको मतपरिणाम आउन बाँकी, हेर्नुहोस कुन तहमा कसको अग्रता

वि.सं.२०७४ असार २१ बुधवार

66 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२१ असार, काठमाडौँ । दोस्रो चरणको स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ । अलिे सम्म ३०५ स्थानीय तहको नतिजा सार्वजनिक भईसकेको छ । अब  २७ तहको नतिजा सार्वजनिक हुन् बाकीँ रहेको छ । मतगणना भैरहेका अधिकांश ठाउमा नेकपा एमालेको अग्रता रहेको छ ।
झापाको मेचीनगर, बिर्तामोड, भद्रपुर, अर्जुनधारा, शिवशतासी, दमक, नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकामा मतगणना चलिरहेको छ । शिवशतासी नगरपालिकामा माओवादी केन्द्रको अग्रता रहेको छ । बाँकी अरु ६ स्थानीय तहमा एमालेको अग्रता रहेको छ ।
सुनसरीको धरान तथा इटहरी उपमहानगरपालिका एवम बराह नगरपालिकामा मतगणना भईरहेको छ । यी तीनै तहमा एमाले अगाडी रहेको छ ।
मोरङको विराटनगर महानगरपालिका सहित पथरी शनिश्चरे, रंगेली र उर्लाबारी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा मत गणना भईरहेको छ । जसमध्ये रंगेलीमा माओवादी तथा उर्लाबारीमा कांग्रेस अगाडि रहेको छ । यसै गरी पथरी, धनपालथा र शनिश्चरेमा एमाले तथा जहदामा संघीय समाजवादी फोरमाका उम्मेदवारले अग्रता लिएका छन् । विराटनगर महानगरमा भने कांग्रेसको अग्रता रहेको छ ।
उदयपुरका बेलका नगरपालिका र त्रियुगा नगरपालिकाको नतिजा आउन बाँकी रहेको छ । जसमध्ये बेलकामा कांग्रेस तथा त्रियुगामा एमालेको अग्रता रहेको छ ।

रुपन्देहीमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, लुम्बिनी साँस्कृतिक नगरपालिका तथा कोटइ गाउँपालिकाको मतपरिणम आउन बाकी रहेको छ ।
जसमध्ये लुम्बिनी साँस्कृतिक र कोटइमा राजपाका स्वतन्त्र उम्मेदवार तथा बुटवल उपमहानगर र सिदार्थनगरमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना भईरहेको छ । जमा एमालेका उम्मेदवार अगाडी रहेका छन् ।
कञ्चनपुरको कृष्णपुर र बेलौरी तथा भिमदत्त नगरपालिकामा मतगणना भईरहेको छ । जसमध्ये भीमदत्तनगरमा कांग्रेस तथा अरु  दुई तहमा एमाले अगाडी रहेको छ ।
यस्तै कैलालीको धनगढी उपमहानगरमा मतगणना भईरहेको छ जहाँ  कांग्रेस उम्मेदवार अगाडी रहेका छन् ।

 

वि.सं.२०७४ असार २१ बुधवार ०६:०३ मा प्रकाशित

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र...

साताको पहिलो दिन दुई हजार बिन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

साताको पहिलो दिन दुई हजार बिन्दुभन्दा तल ओर्लियो नेप्से परिसूचक

काठमाडौँ । साताको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)...

मिटरव्याज पीडितसँग वार्ता गर्न गृहले बनायो वार्ता टोली

मिटरव्याज पीडितसँग वार्ता गर्न गृहले बनायो वार्ता टोली

काठमाडौं । गृहमन्त्रालयले राजधानीमा मार्चपास गरिरहेका मिटरव्याज पीडितसँग वार्ता गर्नका...

मानसिक रोगप्रति सरकारले चासो नदिएको सांसदको गुनासो

मानसिक रोगप्रति सरकारले चासो नदिएको सांसदको गुनासो

काठमाडौं । पछिल्ला समयमा देशमा देखिएको आर्थिक समस्याका कारण उत्पन्न...

श्रीमानको मृत्युपछि विक्षिप्त बनेकी २९ वर्षीया फुरदिक सातवर्षदेखि खोरमा

श्रीमानको मृत्युपछि विक्षिप्त बनेकी २९ वर्षीया फुरदिक सातवर्षदेखि खोरमा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु...

प्रतिनिधिसभा बैठक : सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा बैठक : सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको...