Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

एक दशक पछि रियल छाडे पेपले, टर्कीस क्लब बेसिक्टासमा अनुबन्धित



pepebesik

२१ असार, एजेन्सी । रियल म्याड्रिडका भेट्रान डिफेन्डर पेपेलाई टर्किस क्लब बेसिकटसले फ्रि एजेन्टको रुपमा भित्राएको छ । गत महिना रियल म्याड्रिड सँग सम्झौता सकिएपछि रियलबाट रिलिज भएका पेपेले टर्कीस क्लब बेसिकटास सँग सम्झौता गरेका हुन् ।

pepe

क्लबले उनको कति समयका लागि अनुबन्ध गरेको तथा उनको ज्यालाको बारेमा भने केही खुलाएको छैन् । गत महिना रियल बाट रिलिज भएका पेपेलाई भित्राउने चाहना व्यक्त गरेका थिए । उनलाई भित्राउन पेरिस सेन्ट जर्मन, इन्टर मिलान, म्यानचेष्टर युनाईटेड लगायतका क्लबले ईच्छा व्यक्त गरेपनि उनले टर्किस सुपर लिग खेल्ने निर्णय गरेका हुन् ।
पेपे रियलका महान खेलाडी मध्ये एक पदृछन् । सन् २००७ मा पोर्टोबाट रियल आएका पेपेले रियलमा १० वर्ष बिताएका छन् । उनले रियलबाट क्लब फुटबलमा सम्भव सबैखाले उपाधि जितेका छन् । उनलाई सर्मथकले रियल अत्यन्तै माया गर्ने फुटबलरको रुपमा वारिएर नाम दिएका छन् । पेपेलाई विश्वकै उत्कृष्ट सेन्ट्रल  डिफेन्डरको रुपमा लिने गरिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक