Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

सहमति भएपनि लागू नभएको भन्दै  क्रान्तिकारी विद्यार्थी आन्दोलित



२१ असार, काठमाडौँ  । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले मापदण्डभन्दा बढी शुल्क लिने राजधानी उपत्यकाका निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने जनाएको छ ।

गत जेठ १५ मा शिक्षा मन्त्रलय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति भए पनि लागू नभएको भन्दै सो सङ्गठनले कडा आन्दोलनको चेतावनी दिएको हो ।

सो सङ्गठनले त्यसरी शुल्क बढी लिने र फिर्तामा अटेरी गर्ने काठमाडौँ, भक्तपुर र ललितपुरका ३१ निजी विद्यालयको लेखा शाखामा तालाबन्दी जारी राखेको छ भने थप सङ्घर्ष सञ्चालन गर्ने जनाएको छ । सङ्गठनका सचिव रामबहादुर विकले शिक्षामा माफियाकरणको अन्त्य नभएसम्म आन्दोलन गरिने बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक