Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

एक लाख राशिको भानु कप फुटबल प्रतियोगिता शुरु



 २१ असार,दमौली । दुई सय चार औँ भानु जयन्तीका अवसरमा तनहुँको भानु नगरपालिकास्थित डुम्रे भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रियस्तरको भानु कप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।

प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले रेफ्रीलाई बल दिएर उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा धादिङको भद्रकाली युवा क्लबले दमौलीको हैरान्स युवा क्लबलाई २–० गोलले पराजित गरेको छ ।

भद्रकाली युवा क्लबका तर्फबाट सविन बिडारी र शैलेन्द्र तामाङले एक÷एक गोल गरेका थिए । भद्रकाली युवा क्लबका बिडारी म्यान अफ द म्याच घोषित भई आकर्षक पुरस्कार हात पारे । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेतालाई रु एक लाख एक हजार १११ र उपविजेतालाई रु ५० हजार पाँच सय ५५ नगद साथै मेडल ट्रफी र प्रमाण पत्र वितरण गरिने भन्सार युवा परिवारका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता घोषित गरी आकर्षक पुरस्कार प्रदान गरिने छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।