back

एक लाख राशिको भानु कप फुटबल प्रतियोगिता शुरु

वि.सं.२०७४ असार २१ बुधवार

660 

shares

 २१ असार,दमौली । दुई सय चार औँ भानु जयन्तीका अवसरमा तनहुँको भानु नगरपालिकास्थित डुम्रे भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रियस्तरको भानु कप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।

प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यले रेफ्रीलाई बल दिएर उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा धादिङको भद्रकाली युवा क्लबले दमौलीको हैरान्स युवा क्लबलाई २–० गोलले पराजित गरेको छ ।

भद्रकाली युवा क्लबका तर्फबाट सविन बिडारी र शैलेन्द्र तामाङले एक÷एक गोल गरेका थिए । भद्रकाली युवा क्लबका बिडारी म्यान अफ द म्याच घोषित भई आकर्षक पुरस्कार हात पारे । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेतालाई रु एक लाख एक हजार १११ र उपविजेतालाई रु ५० हजार पाँच सय ५५ नगद साथै मेडल ट्रफी र प्रमाण पत्र वितरण गरिने भन्सार युवा परिवारका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता घोषित गरी आकर्षक पुरस्कार प्रदान गरिने छ । रासस

वि.सं.२०७४ असार २१ बुधवार १६:०१ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...