back

भत्किएको बाँध नेपाली सेनाले निर्माण गर्दै

वि.सं.२०७४ असार २२ बिहीवार

747 

shares

nepal army

२२ असार, राजविराज । लगातारको वर्षाले सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली खोलामा आएको बाढीले भत्किएको बाँधलाई निर्माण गर्नका लागि संयुक्त सुरक्षा फौजको टोली पुगेर काम थालेको छ ।

बाढी पीडितलाई मध्यनजर गर्दै राजविराजस्थित कृष्णदल गणबाट ७० जनाको नेपाली सेनाको टोली कटान स्थल पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो ।

त्यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसमेत बाँध पुनःनिर्माणका लागि बाढी प्रभावित क्षेत्रमा पुगेको बताइएको छ । महुली नदीमा आएको बाढीले केही मिटरको फरकमा विभिन्न पाँच स्थानमा बाँध भत्किएर छेउमै रहेको तिरहुत गाउँपालिका–५ मा रहेको बस्ती पूर्णरुपमा डुबानमा परेको छ ।

यस्तै, सोही बाढीले साबिकको मैनाकडेरी–५, ६, ९ र लोहजरा–८ स्थितको बस्तीमा पानी पसेर घरमा रहेको खाद्यान्न सामग्री, लत्ताकपडासमेत बगाएको र केही घर कटानसमेत गरिएको स्थानीयवासी बिनाई तिवारीले गुनासो गर्नुभयो ।

नदीको पानी सिधै बस्तीमा पस्ने गरेकाले पानीको मात्रा बढ्न थालेपछि घर छाडेर अधिकांश व्यक्ति छिमेकीको शरणमा पुगेका छन् ।

वि.सं.२०७४ असार २२ बिहीवार ०६:२१ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...