back

फ्रेन्च फरवार्ड लाकाजेट्टिलाई किर्तीमानी रकम तिरेर आर्सनलले भित्रायो

वि.सं.२०७४ असार २२ बिहीवार

426 

shares
GLOBAL IME AD
NTC AD

laca2

२२ असार एजेन्सी । फ्रेन्च क्लब लियोनबाट व्यवसायिक फुटबल खेल्दै आएका फ्रेन्च फरवार्ड एलेक्जान्ड्रे लाकाजेट्टि इङिलिश क्लब आर्सनलमा अनुबन्धित भएका छन् । इङलिश अबर अनलाईन मिररका अनुसार आर्सनलले लाकाजेट्टिलाई करिब ५४ मिलियन युरो बराबरको रकम तिरेर भित्राएको हो । जुन रकम आर्सनलले खेलाडी स्थान्तरण गर्दा तिरेको सबै भन्दा ठुलो रकम हो । सन् २०१३ मा आर्सनलले रियल म्याड्रिडबाट मेजुट आजिललाई भित्राउदा करिब ४९ मिलियन युरो बराबरको रकम तिरेको थियो । जुन आर्सनलको अहिलेसम्म आर्सनलले तिरेको उच्च रकम थियो । आर्सनलले ओजिललाई भित्राउदाको ट्रान्सफर रेर्कड तोड्दै आर्सनलले स्तरीय फरवार्ड लाकाजेट्टिलाई भित्राएको हो । लाकाजेट्टिले गत सिजन लियोनमा रहदा ५० खेलमा ३७ गोल गरेका थिए ।

आर्सनलका प्रशिक्षक आर्सेन वेङगर सधै भरि ठुलो रकमका खेलाडीको अनुबन्धनको विषयमा जोडिने तर अन्त्यमा खेलाडी नभित्राउने उपमा पाएका वेङगरले यो पटक भने आफुमा लागेको त्यो ट्याग केहि हदसम्म मेटाएका छन् । गत सिजन स्तरिय फरवार्ड नहुदा लिगको चौथो स्थानमा सिमित हुन परेको भन्दै सर्मथक माझ आलोचित वेङगरले उत्कृष्ट खेलाडी भित्राएका छन् ।

arsene

वेङगरले लाकाजेट्टीलाई भित्राएको विषयमा प्रतिक्रिया दिदैँ उनलाई ठुलो मानसिकता भएो खेलाडी रहेको बताएका छन् । उनको आगमनले आर्सनलको इन्जिनको नया गेयरको संज्ञा दिदै आर्सनलले उनको आगमनले आर्सनलको आक्रामक लाईन मजबुत हुने बताएका छन् । उनले मेजुट ओजिल र एलेक्सिस सान्चेज सँग मिलेर आर्सनलको अफेन्सीभ लाईन सम्हाल्ने छन् ।

वि.सं.२०७४ असार २२ बिहीवार ०६:४२ मा प्रकाशित

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको...

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...