Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिम प्रारम्भ



cadet

२२ असार, बैतडी । नेपाली सेनाको बैतडीमा राष्ट्रिय सेवा दल (एनसिसी) तालिम प्रारम्भ भएको छ । बैतडीका दुई विद्यालयमा सञ्चालन भएको तालिममा ७२ जना विद्यार्थीको सहभागिता रहेको छ ।

दशरथचन्द नगरपालिका–८ मा रहेको जगदम्बा मावि, रानीबुङ्गा र दशरथचन्द नगरपालिका–५ मा रहेको दशरथचन्द मावि, सुन्दरखालीमा बुधबारदेखि उक्त तालिम प्रारम्भ भएको हो ।

प्रारम्भिक चरणमा दुवै विद्यालयका ३६÷३६ जना छात्रछात्रा छनौट गरी ७९ दिनको संस्थागत तालिम र त्यसपश्चात् २१ दिनको वार्षिक सामूहिक क्याम्प २१ दिनको तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो । ७९ दिनको संस्थागत तालिम बैतडीमै सञ्चालन हुने र २१ दिनको वार्षिक सामूहिक क्याम्प कोहलपुरमा सञ्चालन हुने बताइएको छ ।

सैनिक–नागरिक सम्बन्धको पाटो र युवा वर्गमा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्घि गरी असल नागरिक बनाई राष्ट्र विकासमा सहयोग गर्ने तालिमको उद्देश्य रहेको छ । तालिमको प्रारम्भ शत्रुमर्दन गुल्म बैतडीका गुल्मपति सेनानी उज्वल बानियाँले गर्नुभएको थियो । गत वर्ष यो तालिम बैतडीको शाहिलेकमा रहेको वीरेन्द्र माविका विद्यार्थीलाई दिइएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौं दरबारमार्गमा विदेशी मदिराको कारोबार गरिरहेको पसल ग्रीनलाइन सेन्टरका सञ्चालकको विषय अहिले

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक