
२२ असार, भैरहवा । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका राजपाका केन्द्रीय समिती सदस्य समेत रहेका मनमोहन चौधरी विजय भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका मनमोहन चौधरी ले ८ हजार १७५ मत प्राप्त गरी मेयर पदमा विजयी भएका हुन् ।चौधरीले निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँलाई हराएका हुन् । खाँले ७ हजार ३९ मत ल्याएका छन् ।
यसै गरि लुम्बिनीको उपमेयरमा संघीय फोरमकी उम्मेदवार जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत ल्याएकी छन् ।
विश्व सम्पदा सुचीमा समावेश लुम्बिनी क्षेत्र विशेष गरेर पर्यटकीय दृष्टिीले महत्वपुर्ण रहेको छ । चौधरी यो क्षेत्रको मेयर बनेपछि लुम्बिीलाई अझै व्यवस्थित बनाउने प्रतिक्रिया दिएका छन् । यो नगरपालिकलाई बुटवल उपमहानगर पछिको मुख्य नगरपालिकामा समेत पर्ने गर्दछ ।