back

स्वतन्त्र उम्मेदवारी दिएका राजपा नेता बने लुम्बिनीको मेयर

वि.सं.२०७४ असार २२ बिहीवार

561 

shares

manamohan

२२ असार, भैरहवा । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका राजपाका केन्द्रीय  समिती  सदस्य समेत रहेका मनमोहन चौधरी विजय भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका मनमोहन चौधरी ले ८ हजार १७५ मत प्राप्त गरी मेयर पदमा विजयी भएका हुन् ।चौधरीले निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका फकरुद्दिन खाँलाई हराएका हुन् । खाँले ७ हजार ३९ मत ल्याएका छन् ।

यसै गरि लुम्बिनीको उपमेयरमा  संघीय फोरमकी उम्मेदवार जानकीदेवी श्रीवास्तवले ४ हजार ७२० मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रमावती यादवले ४ हजार ५८८ मत ल्याएकी छन् ।
विश्व सम्पदा सुचीमा समावेश लुम्बिनी क्षेत्र विशेष गरेर पर्यटकीय दृष्टिीले महत्वपुर्ण रहेको छ । चौधरी यो क्षेत्रको मेयर बनेपछि लुम्बिीलाई अझै व्यवस्थित बनाउने प्रतिक्रिया दिएका छन् । यो नगरपालिकलाई बुटवल उपमहानगर पछिको मुख्य नगरपालिकामा समेत पर्ने गर्दछ ।

वि.सं.२०७४ असार २२ बिहीवार ०८:३८ मा प्रकाशित

Himalayan Life AD
एमाले महाधिवेशनको तयारी सुरु

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७...

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

सिटिजन्स बैंकलाई लगातार दुई वर्ष बैंक अफ द ईयर अवार्ड

काठमाण्डाैँ । ग्राहकहरुको सेवामा विगत १९ बर्ष देखि सरल र...

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व...

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान

काठमाडौं । आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको...

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने

  काठमाडौँ ।  काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण...

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

अबदेखि रत्नपार्कमा निःशुल्क इन्टरनेट चलाउन पाइने

  काठमाडौँ । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क...