२२ असार, काठमाडौँ । फिफाले आज सार्वजनिक गरेको नँया फिफा वरियता अनुसार कन्फेडेरसन कपको विजेता जर्मनी शीर्ष स्थानमा उक्लिएको छ । यस अघि तेस्रो स्थानमा रहेको जर्मनी नया वरियता अनुसार पहिलोमा उक्लिएको हो । यसै गरि यसअघि पहिलो स्थानमा रहेको ब्राजिल एक स्थान तल झर्दै दास्रो स्थानमा रहेको छ अर्जेन्टिना तेस्रो स्थानमा रहेको छ ।
कन्फेडेरसन कपमा तेस्रो बनेको पोर्चुगल चार स्टेप अगाडी बढ्दै चौथो स्थानमा रहेको छ । यसै गरि पाचौँ नम्बरमा स्विजरल्यान्ड रहेको छ । नेपाल भने एक स्थान तल झर्दै १७० स्थानमा रहेको छ । नेपाल भन्दा पछाडि बङलादेश र पाकिस्तान रहेका छन् । भारतले एतिहासिक सफलता हात पार्दै ९६ औ स्थानमा उक्लिएको छ ।
शीर्ष २० सम्मको सुची
१) जर्मनी
२) ब्राजिल
३)अर्जेन्टिना
४) पार्चुगल
५) स्विजरल्यान्ड
६) पोल्यान्ड
७) चिली
८)कोलम्बिया
९) फ्रान्स
१०) बेल्जीयम
११) स्पेन
१२) ईटली
१३) इङल्यान्ड
१४)पेरु
१५) क्रोएसिया
१६) मेक्सिको
१७)उरुग्वे
१८)स्विडेन
१९) आइसल्यान्ड
२०) वेल्स
वि.सं.२०७४ असार २२ बिहीवार १०:०३ मा प्रकाशित

























