विष्णु सापकोटा, बेल्जियम, । नेपाली जनसम्पर्क समिति बेल्जियमले ३ जूलाई दिन लुभेनशहरमा नेपाली कांग्रेस का पुर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोईरालाको ९४ औंजन्म जयन्ति कार्यक्रम एक समारोहका बीच समपन्न गरेको छ । नेपालीजनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि को रुपमा नेपाली कांग्रेस पार्टीका मुख्य सचिव कृष्ण पौडेल रहेका थिए ।
प्रमुख अतिथिको आसन बाट बोल्दै पौडेलले गिरिजा प्रसाद कोईराला ले प्रजातन्त्र तथा लोकतन्त्रका लागी बिभिन्न चरणमा गरेको योगदान बारे बताउदै सशस्त्र युद्ध गरेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामाल्याउन महत्त्वपूर्ण भूमिका तथा ६२/६३ जनान्दोलन को मुख्य कमान्डर रही देशमा लोकतन्त्रस्थापना साथै उहाको अगुवाईमा नेपाली कांग्रेसले बिभिन्न काल खण्डमा प्रजातन्त्र र लोकतन्त्रका लागीगरेको भूमीका बारेमा बताएका थिए । साथै नेपालको बर्तमान ट्रान्जेक्सन पिरडमा संबिधानकार्यन्वयन को लागी बिभिन्न चरणको निर्वाचनलाई समयमै सम्पन्न गरि लोकतन्त्र लाईबलियो बनाउनु नेपाली कांग्रेसको जिम्मेवारी रहेको बताए ।
कार्यक्रममा अध्यक्षता गरिरहेकी सभापति सापकोटाले आफ्नो आसन बाट बोल्दै स्वर्गीय गिरिजाप्रसाद कोईराला प्रजान्त्रिक आन्दोलनका शिखर योद्धा रुपमा रहेको रनेपालमा शान्ति र लोकतन्त्र स्थापना का निमित्त देशका मुर्धन्य नेताको रुपमा बताउदै कांग्रेसले स्वर्गीय गिरिजाप्रसाद कोईरालाले गरेको योगदानलाई व्यवहारमा सदैव लागू गर्न स्मरण समेत गराएकी थिईन । जन्मजयन्ति समारोहमा नेजस बेल्जियमका संस्थापक अध्यक्ष ध्रुबराज पौडेलले गिरिजा बाबूको जीवनीको बारेमा चर्चा गरेका थिए भने कार्यक्रममा पुर्व अध्यक्ष ईन्द्रक्षेत्री पकवान, निबर्तमान अध्यक्ष सुवास जोशी ले समेत स्वर्गीय गिरिजा प्रसादकोईरालाको बारेमा आ-आफ्नो मन्तब्य व्यक्त गरेका थिए भने उपस्थिति सम्पूर्ण महानुभावहरुलाई बरिष्ठ उपाध्यक्ष देवेन्द्र शर्मा पौडेल देबूले मन्तब्यद्वारा स्वागत गरेका थिए ।
उक्त कार्यक्रमा नेजस बेल्जियमका पुर्व सल्लाहकार तथा पर्वतसमाजका अध्यक्ष झलक के. सी, नेपाली काँग्रेस पार्टी कार्यालय मुख्य सचिवकी धर्मपत्नी श्रीमती दुर्गा पौडेल लगाएत नेजसबेल्जियमका समिति पदाधिकारी तथा सदस्यहरु साथै अन्य बिभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम नेपाली जनसम्पर्क समिति बेल्जियमका महामन्त्री दिनेश भण्डारीले संचालन गरेका थिए ।
वि.सं.२०७४ असार २२ बिहीवार १०:४६ मा प्रकाशित

























