
गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनको सचिवका लागि तारानाथ अधिकारीले उम्मेदवारी दिएका छन् ।
एनआरएनए स्पेनको अधिबेशन नजिकिदै गर्दा विभिन्न पदहरुमा उम्मेदवारी दिनेहरुको लर्को बढेको छ ।
खाडी मुलुकहरुमा १२ वर्ष कम्प्युर इन्जिनियर पदमा रही बिभिन्न सरकारी गैर सरकारी कम्पनीहरुमा काम गर्दै आएका तारानाथ अधिकारी समाज सेवामा पनि उत्तिकै लाग्ने व्यक्ति हुन् ।
तार बसाइको अबधिभर पनि बिभिन्न संघ सस्थासँग आबद्ध रही समाजसेवामा उनले खेलेको भूमिका प्रसंसनिय रह्यो । खाडीमुलुकहरुमा अवसर छैन भन्नेहरुको लागि तारानाथ अधिकारी एउटा चुनौती नै बनेका थिए ।
अन्य नेपाली युवाहरुको निम्ति सिप क्षमता भए खाडीमा नै केहि गर्न सकिने उदाहरण बनेर आफ्नो कतार बसाईलाइ केहि वर्ष अगाडी मात्रै बिट मार्दै स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका छन् । त्यहाँ पुगेलगत्तै उनलाई समाजसेवाको भावले पछ्याईरह्यो । पुन : समाजसेवालाइ निरन्तरता दिने निर्णय संगै एनआरएनए स्पेनसँग जोडिन खोजेको तारानाथ अधिकारी बताउछन् ।
वि.सं.२०७४ असार २२ बिहीवार १०:४५ मा प्रकाशित