Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता पाथीभरा गोल्डकप साउन २३ गतेदेखि



pathibhara

२२ असार , ताप्लेजुङ। आगामी साउन २३ गतेदेखि पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

विसं २०२९ सालदेखि निरन्तर लाखेजात्राको अवसरमा खेलाइदै आएको उक्त प्रतियोगिता साउन २३ गते अर्थात् जनैपूर्णिमादेखि सुरु गर्ने जिल्ला फुटबल सङ्घले जनाएको छ ।

खेल सञ्चालनका लागि सदरमुकामस्थित भानुजन माविको खेलमैदान सम्याउनेलगायत काम भइरहेको छ । आर्थिक व्यवस्थापनलगायत काम पनि तीव्ररुपमा भइरहेको लाखेजात्रा खेल सञ्चालक समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिनुभयो ।

निर्वाचनका कारण समयमै तयारी गर्न नभ्याएको तर प्रतियोगितालाई निरन्तरता दिन छोटो समयमा नै तीव्ररुपमा काम गर्नु परिरहेको उहाँले बताउनुभयो । विगतका वर्षमा जस्तै झापा, मोरङ, इलाम, सुनसरी, पाँचथर, विभागीय टिम, भारत र भुटानलाई पनि उक्त खेलका लागि आमन्त्रित गर्ने तयारी भएको गुरुङको भनाइ छ ।

गोल्डकपको पुरुष विजेता टिमलाई रु एक लाख ५१ हजार, उपविजेतालाई रु एक लाख ११ हजार तथा महिला विजेता टिमलाई रु ५१ हजार र उपविजेतालाई रु ३१ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी