इजरायल । निर्वातमान स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापा इजरायल आउँदै छन् ।
जनसम्पर्क समिति इजरायलको प्रथम बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको ‘संबिधान कार्यन्वयन, राष्ट्रियताको सवाल र समसामयिक देशको राजनीतिमा कांग्रेसको भूमिका’ विषयमा अन्तरक्रिया कार्यक्रममा भाग लिनका लागि युवा नेता थापा इजरायल आउन लागेका हुन् ।
समितिले उक्त कार्यक्रममा गरिमामय उपस्थितिका लागि इजरायलमा सक्रिय रहेका नेपाली संघसंस्था, राजनीतिक, सामाजिक, धार्मिक संघ–संस्था संगठनहरु साथै संचारकर्मी, बिद्यार्थी, बुद्धिजीवी तथा सम्पूर्ण महानुभाव, दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गरेको छ ।
कर्यक्रम हुने स्थान सयम निम्न प्रकार रहेको छ ।
मिति–२०१७ जुलाई १४ तारिक शुक्रबार (कार्यक्रम)
समय –६:३० बेलुकी
स्थान – लेभेन्दा ३२ (Come & See Church Hall) तेलअभिब
वि.सं.२०७४ असार २२ बिहीवार ११:१३ मा प्रकाशित

























