नेपाल पत्रकार महासंघ युरोप साखाको तेश्रो अधिबेशन सम्पन्न भएको छ । जुन २४ का दिन बेल्जियमको लुभेन सहरमा सम्पन्न उक्त अधिबेशनले आगामी तीन वर्षका लागि केजिन राईलाई पुन : अध्यक्षमा चयन गरेको छ ।
महासंघका अध्यक्ष केजिन राईको अध्यक्षता तथा बरिष्ठ केन्द्रीय उपाध्यक्ष खिल बहादुर भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनको उद्घघाटन सत्रमा प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरि कार्यक्रमको विधिवत उद्घघाटन गरिएको थियो भने निलम घिमिरे सापकोटाद्वारा अतिथिहरुलाई ब्याच वितरण गरिएको थियो ।
उद्घघाटनटन सत्रको कार्यक्रम संचालन द्रोण रिजाल, शाखाको तर्फबाट स्वागत मन्तब्य निलम घिमिरे र सभापतित्व केजिन राईले गरेका थिए ।
नेपालको राष्ट्रिय गीत मार्फत शुरु गरिएको औपचारिक कार्यक्रम र सहीदहरुको सम्मानमा गरिएको एक मिनेट मौनधारणा पश्चात युरोपका बिभिन्न मुलुकहरुबाट उपस्थित विशेष अतिथिहरुद्वारा कार्यक्रमको सफलताको शुभकामना मन्तब्य व्यक्त गरिएको थियो ।
प्रमुख अतिथि पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारी,विशेसअतिथि पत्रकार महासंघ युके शाखाका अध्यक्ष नरेश खपाङ्गी मगर,अतिथिहरुमा कामना प्रकाशन समूह अध्यक्ष पुष्करलाल श्रेष्ठ, एनआरएनएका केन्द्रीय सचिव अर्जुनकुमार श्रेष्ठ, मानार्थ पर्यटनदूत रवीन्द्रमान श्रेष्ठ, एनआरएनए आइसीसी सदस्य नेत्र मगर, एनआरएनए बेल्जियमका अध्यक्ष गङ्गाधर गौतम, एनआरएनए पोर्तुगलका अध्यक्ष भीम केसी,जनप्रगतिशील मोर्चा बेल्जियम अध्यक्ष विष्णु भुजेल, नेपाल तामाङ समाज युरोपका अध्यक्ष बाबुराजा लामा, जनजाति सरोकार मंच युरोप अध्यक्ष बदन योङ्गहाङ्ग, प्रवासी नेपाली मंच बेल्जियम अध्यक्ष बोधराज पौडेल, नेपाली जनप्रगतिशील मंच बेल्जियमका सल्लाहकार चित्र सुवेदी,जनसम्पर्क समिति बेल्जियम महामन्त्री सुवास गुरुङ, नेपाली जनप्रगतिशील मंचका बेल्जियम अध्यक्ष जीतबहादुर लामा,नेपाली संघीय समाज बेल्जियमका महासचिव लोक राना, सांग्रिला समाज बेल्जियमका अध्यक्ष खड्क केसी, तामाङ समाज बेल्जियम अध्यक्ष राम लामा,बागलुङ समाज बेल्जियम अध्यक्ष गङ्गा शर्मा, तमु समाज सल्लाहकार एबम एनआरएनए बेल्जियम उपाध्यक्ष पदम गुरुङ, प्रवासी नेपाली मंच लुभेन अध्यक्ष कृष्ण अधिकारी लगायतका वक्ताहरुले अधिबेशन सफलताको कामना सहित आ–आफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमको दोस्रो चरण अन्तर्गत तेस्रो अधिवेशनको बन्दसत्रले नेपाल पत्रकार महासंघ युरोप शाखाको आगामी तीन वर्षे कार्यकाल (२०१७–२०२०) का लागि अध्यक्षमा पुनः केजिन राईलाई निर्वाचित गर्दै अन्य तीनजना उपाध्यक्ष रहने कार्यसमितिमा क्रमश ः बरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माई (बेल्जियम),राज कुमार दिक्पाल (पोर्चुगल) र बाँकी एकजना पछि चयन गर्ने गरी निर्वाचित गरिएको छ भने महासचिवमा पूर्व उपाध्यक्ष योगेन्द्र मिलन छन्त्याल (पोर्चुगल), निर्वाचित भएका छन त्यस्तै विधानत ः पाँचजना सम्म सचिव राख्न पाउने सुविधालाई मध्यनजर गर्दै सचिवमा द्रोण रिजाल (नेदरल्याण्ड), कोषाध्यक्षमा तेज नेपाली, (बेल्जियम),निर्वाचित भएका छन भने बाँकी चार जना सचिव बैठकले अनुमोदन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै सदस्यहरुमा प्रेम परियार (नर्वे), निराजन श्रेष्ठ, (स्विटजरल्याण्ड),महिन्दो वाईबा (ईटाली), प्रेम पोमू (जर्मनी) , विरमान मगर (बेल्जियम), शेर बहादुर छन्त्याल (बेल्जियम) रहेका छन ।
अन्य बाँकी नया सदस्यहरुबाट सचिवहरूमा वसन्त रानाभाट (स्पेन),पेम्बा गेलु शेर्पा (पोर्चुगल), महेश खाती,समाबेशीबाट,(डेनमार्क), वाई वि तमू (गुरुङ) पोर्चुगल, सदस्यहरुमा भोला लामिछाने (स्पेन), गणेश पाण्डे (पोर्चुगल),विष्णु पौडेल (पोर्चुगल), निलम घिमिरे (बेल्जियम), दिपक ज्योति पौड्याल (बेल्जियम), युवराज फुयाल आशिष (स्विटजरल्याण्ड), जंगम खड्का (स्विटजरल्याण्ड), विनोद खकुरेल (फ्रान्स) र जित गुरुङ बिजयको नाम रहने गरि केन्द्रमा सिफारिस गर्ने निर्णय बमोजिम नेपाल पत्रकार महासंघ केन्द्रिय सचिवालयको निर्णय पश्चात स्वत : सदस्यमा पदोन्नति गर्ने गरि अधिबेशनले निर्णय गरिएको छ ।
त्यस्तै सल्लाहकाररुमा पुष्प वरुरुवाल, नेदरयाण्ड, पञ्चम अधिकारी बेल्जीयमलाई चयन गर्ने निर्णय गरिएको छ ।
सो अधिवेशनमा अध्यक्ष : केजिन राई -उपस्थित
वरिष्ठ उपाध्यक्ष : ओम शर्मा, अनुपस्थित
उपाध्यक्ष : योगेन्द्रमिलन छन्त्याल–सहभागि (स्काईप, फोन, भाईवर, म्यासेन्जर)
महासचिव : प्रकाश ढकाल, अनुपस्थित
सचिव : माहिन्दो वाइबा, सहभागि (स्काईप, फोन, भाईवर, म्यासेन्जर)
सचिव : हिरालाल श्रेष्ठ –अनुपस्थित
कोषाध्यक्ष : प्रेम पोमु, सहभागि (स्काईप, फोन, भाईवर, म्यासेन्जर)
सदस्य : वीरमान घर्ती मगर – उपस्थित
सदस्य : शेरबहादुर छन्त्याल –उपस्थित
सदस्य : दीपक क्षेत्री – अनुपस्थित
सदस्य : द्रोण रिजाल –उपस्थित
सदस्य : निराजन श्रेष्ठ–सहभागि (स्काईप, फोन, भाईवर, म्यासेन्जर)
सदस्य :प्रेम परियार–सहभागि (स्काईप, फोन, भाईवर, म्यासेन्जर)
सदस्य : पुष्प बरुवाल, सहभागि (स्काईप, फोन, भाईवर, म्यासेन्जर),
सदस्यः सोम्फुरी शेर्पा–सहभागि (स्काईप, फोन, भाईवर, म्यासेन्जर),
संरक्षक : महेश थापा–अनुपस्थित
केन्द्रीय सभासद : डिल्ली अम्माई–उपस्थित
प्रतिनिधि : तेज बहादुर नेपाली–उपस्थित
प्रतिनिधि : जित लामा,उपस्थित
प्रतिनिधि : सुमन वाईबा–सहभागि (स्काईप, फोन, भाईवर, म्यासेन्जर) रहेका थिए ।
प्रमुख अतिथि बरिष्ठ उपाध्यक्ष भण्डारीले ‘स्वतन्त्र पत्रकारितामा देखिएका पछिल्ला चुनौतीहरुमा पत्रकारहरु बढि जिम्मेवार बन्न अनुरोध गर्दै प्रवासमा बसेर पनि नेपाली पत्रकारितामा सक्रिय पत्रकारहरुलाई एकताको मालामा गासेर सधै सहमति र सहकार्य गर्दै अगाढि बढ्न सुझाब र धारणा समेत व्यक्त गरेका थिए ।
मन्तव्यकै क्रममा बरिष्ठ केन्द्रीय उपाध्यक्ष भण्डारीले अगाडि जोड्दै ‘युरोप शाखाको यो तेस्रो अधिवेशनले पनि युरोपमा सकृय पत्रकारहरुलाई एकता र सहमति अनुसार मुलधारमा ल्याउन सफल भएकोमा’ धन्यवाद समेत दिएका थिए ।
‘युरोपका बिभिन्न मुलुकहरूका पत्रकारहरुलाई एउटै ब्यानर मुनि गोलबन्द हुन आब्हान गर्दै सबैलाई सहमति–सहकार्य र स्वतन्त्र पत्रकारितामा हामि सबैको सहकार्यको अपेक्षा राखेको भन्दै आफुलाई विश्वास गरि पुन ः अध्यक्षमा निर्चाचित गराउन सहयोग गर्ने सबै पत्रकारहरुलाई नबनिर्बाचित अध्यक्ष राईले तेस्रो अधिवेशनलाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमको बिसर्जन गरेका थिए ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि भण्डारीद्वारा नवनिर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । अधिवेशनमा नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगरले नवनिर्वाचित शाखा पदाधिकारीहरूलाई बधाई दिदै बेलायत र यूरोप शाखा आगामी दिनमा भातृत्व र सहकार्य गर्दै जाने विश्वास ब्यक्त गर्दै बेलायत संग नङ्ग र मासुको सम्बन्ध रहेको उल्लेख गरेका थिए ।