back

सवइन्जिनियर यादवविरुद्ध मुद्दा दायर

वि.सं.२०७४ असार २२ बिहीवार

462 

shares
GLOBAL IME AD
NTC AD

२२ असार,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय ताप्लेजुङका सवइन्जिनियर मनोजकुमार यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सिद्ध सरस्वती माध्यामिक विद्यालय माङजाबुङ पाँचथरको भवन निर्माणका लागि निकासा भएको रकममध्ये रोक्का रहेको रकम फुकुवा गर्ने तथा भवन निर्माण र मर्मत कार्य फरफारक गर्ने कार्यको अन्तिम प्रतिवेदन तयार पार्ने सम्बन्धमा सेवाग्राहीसँग रु एक लाख २५ हजार घुस मागेको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाकाअनुसार आयोगको इटहरी कार्यालयबाट गएको टोलीले सवइन्जिनियर यादवलाई केही दिन पहिले घुस लिँदालिँदै कार्यथलोमा नै पक्राउ गरेको थियो । आयोगले सवइन्जिनियर यादवलाई घुसबापतको बिगो रकम असुल गरी हदैसम्मको कारबाहीको माग गरेको छ । रासस

वि.सं.२०७४ असार २२ बिहीवार १५:११ मा प्रकाशित

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले...

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

‘चिनजानका व्यक्तिबाट असुरक्षित छन् महिला र बालबालिका’

काठमाडौँ । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१...

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका...

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

‘प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन’

काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक...

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरूबीच भेटवार्ता

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत...

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...