Logo
२ माघ २०७८, आईतवार
     Sun Jan 16 2022
E-paper
  English Edition
   Unicode
Logo

केन्याबाट नेपाली चेलीको उद्धार



अफ्रिकी देश केन्याबाट डान्सबारमा काम गर्ने नेपाली चेलीको उद्धार गरी नेपाल फकाइएको छ  । केन्याका लागि नेपालका अबैतानिक बाणिज्यदुत जिम्मी ओस्कर र गैरआवासिय नेपाली संघका निवर्तमान अध्यक्ष रामचन्द्र बस्याल, अध्य्क्ष कृष्ण दत्तभट्टको निरन्तर प्रयासबाट डान्स्बारमा काम गर्ने नेपाली केटीको उद्दार गरी नेपाल पठाइएको छ ।

यो सानो प्रयासले धेरै हद सम्म मानव तस्करी कम भएको कुरा त नितान्त सत्य साबित भएको छ तर अझै पनि खास गरेर मुज्रामा नाच्न आउने चेलीबेटीको संख्या भने अझै घटेको छैन । अन्य पेसामा आउनेहरु भने खासैसमस्यामा परेको नपरेको कुरा गैरआवासिय नेपाली संघका निवर्तमान अध्यक्ष रामचन्द्र बस्याल बताउन हुन्छ ।

नेपाली केटी नेपालीबाट बिभिन्न दलालद्वारा पर्यटक भिसामा आउने र ३ महिना सम्म काम गरी कोही फर्कने कोही भने धेरै समय यतै बस्ने गरेको पाइएको छ । जटिल परिस्थिती माउद्दारको लागि मात्रै दुताबास र गैरआवासिय नेपाली संघ गुहार्ने कुरा अफ्रिका क्षेत्र सन्योजक सुनिल कार्की बताउन हुन्छ ।

अबैतानिक बणिज्य दुत जिम्मी ओस्कर र गैरआवासिय नेपाली संघको तर्फबाट रामचन्द्र बस्याल र कृष्ण दत्त भट्टबाट संयुक्त रुपमा बिभिन्न मिती र समयमा नैरोबीमा रहेका नेपाली चेलीहरु काम गर्ने तर समस्यामा परेर तत्काल उद्दार गर्नु पर्ने ठाउँमा निरिक्षण गरेर सम्बन्धित निकायलाई नेपाली चेलीहरुको करार अबधी, तलब र अन्य सुबिधा प्रस्टसँग उल्लेख गर्ने पर्ने लागायत नेपाली कामदारको सुरक्षाको बारेमा कुराकानी गर्नुभएको जानकारी गराएको थियो ।

२०१४ मार्चमा, नैरोबीमा गैरआवासिय नेपाली संघ केन्या नेपाली दुताबास दक्षिण अफ्रिकाको सहयोगमा प्रथम अफ्रिका क्षेत्रको बैठक भएको थियो उक्त बैठकले ९ बुदे घोषणापत्र जारी गरेको थियो उक्त बैठकको प्रमुख बुदा नै नेपालबाट भै अफ्रिकी मुलुकहरुमा भैरहेको मानब तस्करी कसरी न्युन गर्न सकिन्छ भन्ने नै थियो । नेपालबाट भारतको बाटो हुँदै केन्या लगायत पुर्बी अफ्रिकाका मुलुकका डान्स बारहरुमा नेपाली चेलीबेटी आउने र यहाँ अनेकौ दुस्ख कस्ट पाइ नेपाली फर्कन काम अझै रोकिएको छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक ऋषि कट्टेललाई पार्टीको केन्द्रीय सचिवालयको बैठकले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र चर्को लफडा शुरु भएको छ । नेकपा निकट एक