back

स्वर्गीय पिताको नाममा पानी अभियानलाई सहयोग

वि.सं.२०७४ असार २३ शुक्रवार

789 

shares

gayan-prasad-gautam-family
ज्ञानप्रसाद गौतम एवम कौशल्या गौतमकी छोरा काभ्रेका हाल जर्मनी बसोबास गर्दै आउनु भएका केदारप्रसाद गौतम तथा बुहारी राजनदेवी गौतम परिवारले हरेक घर धारो होस्, हरेक गाउँ सिंचाइ नारा अगाडि सारेर बिदेशी भुमी पोल्यान्डबाट शुरुवात भएको घोराही ४ सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानलाई स्वर्गीय पूजनीय रामचन्द्र चौलागाईंको सम्झनामा बार्हौ दिनको पूण्य तिथि पारेर रु २५ हजार सहयोग गर्नुभएको छ ।चौलागाईं पनि सामाजिक काम गर्दागर्दै जीवन व्यतीत गर्नुभएको र सबैले पानी पाउनुपर्छ भनेर शुरूवात भएको पानी अभियानमा उहाँको नाम पारेर सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको उहाकी नातिनी एवम लक्ष्मीप्रसाद चौलागाईं तथा सीता माया चौलागाईंकी छोरी रजनी देबि गौतमले बताउनु भयो ।

बिदेशी भुमिबाट पानी अभियानमा स्वर्गीय हजुरबुबाको नाममा सहयोग “जीवन भर सामाजिक काम गर्दागर्दै पूजनीय हजुरबुवा रामचन्द्र चौलागाईंको ९२ बर्षको उमेरमा अकल्पनीय निधनको खबरले मर्माहत बनायो, हजुरको आत्माको बैकुण्ठ मा बास होस भन्ने कामना गर्दछौ ।”

हामीले एक असल अभिभावक गुमाएका छौ। उहाँको भौतिक शरीर हामी माँझ नभएपनि स्वर्गीय पूजनीय मावलीघरको हजुरबुबाले दिएको ज्ञान र निभाएका पल पलको साथहरू हामी सदैव सम्झिरहनेछौं । हजुरबुबाको मृतात्माले शान्ति पाओस । हजुरबुबाले निर्वाह गर्नुभएको सामाजिक अभिभावकत्व तथा समर्पण, नैतिकता सधै खड्किने छ । हजुरबुबा जीवनभर सामाजिक काम गर्दागर्दै स्वर्गवास हुनु भो उहाको आत्माले शान्ति पाओस् भन्ने चाहना राख्दै हामी केदार प्रसाद गौतम एवम रजनीदेबी गौतम साथै गौतम परिवारको तर्फबाट आज पूजनीय स्वर्गीय हजुरबुवाको १२ औ दिनको पुण्य तिथि पारेर हरेक व्यक्तिले पानी पाउनुपर्छ भनेर विदेशी भुमिबाट शुरूवात भएको पानी अभियानमा रु २५ हजार प्रदान गरेका छौ ।ू

उहाँको यो पबित्र कामको लागि आभार प्रकट गर्दै पानी अभियानकर्ता फेसबूकमा लेख्छन् :
राजन देबि गौतम एवम केदार प्रसाद गौतम ज्यू , आज तपाइहरुको यो कदमलाई सलाम गर्दछु । स्वर्गीय हजुरवुवाको पुण्य तिथि पारेर पानी अभियानमा जुन सहयोग गर्नु भयो त्यो सहयोगप्रति आभार प्रकट गर्दछु । स्वर्गीय हजुरबुवाको सामाजिक कामले अरुलाई प्रेरित गरे तपाइहरुको पबित्र कामले अवश्य काकाकुल प्राणिहरुले तिर्खाएका ओठ्हरु भिजाउने पानी पाउनेछन् । जुनदिन हरेक घरमा धारो हुने र हरेक गाउँमा सिंचाइ हुने सुनिश्चितता हुदैन त्यो दिन सम्म जिवित एवम स्वर्गीय आत्माहरुको शान्तिको लागि कराइरहनेछु , बोलिरहनेछु । काभ्रेमा पनि पानी अभियान चाडै शुरु गरिदिनुहोला हामी अगाडि बढ्नेछौ भनेर पठाएको खबर प्रति पनि आभार प्रकट गर्दछु । शुरुवाती गाउँ सफल पारेर पुरै देशमा अभियान महाअभियान बनेर हरेकले पानी पाउने वातावरण बनाउनुछ अनि बिस्तारै दुनियाँ भर ।

सुनपुर दाङमा चलिरहेको करोड पानी अभियानको तर्फबाट अभियानकर्ता मित्रलाल पार्देले स्वर्गीय पूजनीय राम चन्द्र चौलागाईंको आत्माको चीरशान्तिको कामना गर्दै ‘हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाइ होस्” भन्ने शुभकामना व्यक्त गरेकाा छन् ।

वि.सं.२०७४ असार २३ शुक्रवार ०३:३४ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...