back

दल दर्ताको निवेदन दिँदैमा राजपा निर्वाचनमा गयो भनियो भने त्यो भूल हुनेछ

वि.सं.२०७४ असार २३ शुक्रवार

651 

shares
IME Limited
NTC AD

२३ असार,काठमाडौँ  । राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि आज निवेदन दिएको छ ।

तराई–मधेस केन्द्रित राजनीति गर्दै आएका छ दलले एकीकृत पार्टीका रुपमा राष्ट्रिय जनता पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा औपचरिकरुपमा निवेदन दिएका हुन् ।

दल दर्ताका लागि निवेदन दिन राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, अनिल झा, राजकिशोर यादव अपराह्न ४.४५ बजे आयोगमा पुग्नुभएको थियो ।

आयोगको सभाकक्षमा कामु सचिव महेश्वर न्यौपानेलाई सदस्य ठाकुरले दल दर्ताका लागि निवेदनसहितको आवश्यक कागजात बुझाउनुभयो । त्यसलगत्तै आयोगले उहाँहरुको निवेदन दर्ता गरेको थियो । दल दर्ताका लागि उक्त पार्टीले दिएको निवेदनको दर्ता नम्बर ८३६६ रहेको छ । तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच गत वैशाख ७ गते एकीकृत भएपछि राजपाको जन्म भएको हो । राजपाले आफ्नो चुनाव चिह्न छाता प्रस्ताव गरेको छ ।

संविधानसभाबाट जारी भएको नेपालको संविधानको केही अन्तरवस्तुमाथि फरक विचार राखेर आन्दोलन गर्दै आएका मधेस केन्द्रित दललाई स्थानीय तहको निर्वाचनको घोषणाले एकीकृत हुन दबाब सिर्जना गरेको थियो ।

एकीकृत दलको विधानलाई अन्तिम रुप दिने क्रममा ती दलबीच विवाद देखिएका कारण दल दर्ता गर्न केही ढिलाइ भएको बताइएको छ । दल दर्ताको निवेदन दिएर बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष मण्डलका सदस्य ठाकुरले दल दर्ताका लागि निवेदन दिन आएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “विधानसहित आवश्यक काजगत पेश गरिसकेका छौँ, अब प्रक्रियामा जान्छ, सरकारले प्रष्टसँग संवाद गरिरहेको छैन, हामीले उठाएका माग सम्बोधन भएका छैनन्, यथास्थितिमा चुनावमा भने प्रवेश गर्ने छैनौँ ।”

आन्दोलनको दौरानमा नेताले, जनताले क्षति व्यहोरेको छ, धरपकड हुँदैछ, त्यो बेलाको मुद्दा फिर्ता लियोस्, जेलमा परेकालाई छोडियोस्, अपाङ्ग र घाइतेलाई क्षतिपूर्तिको व्यवस्था गरोस् सरकारले अनि हामी सोच्छाँै, यो संविधानमा हाम्रो स्थान नै छैन– नेता ठाकुरले भन्नुभयो ।

आजको दल दर्ता निर्वाचनसँग सरोकार नराख्ने प्रतिक्रिया दिदै नेता राजेन्द्र महतोले भन्नुभयो, “छ वटा पार्टी एकीकृत भएकाले दल दर्ता स्वभाविक प्रक्रिया हो । तेस्रो निर्वाचनमा राजपा गयो भनियो भने त्यो भूल हुनेछ ।” अध्यक्ष मण्डलका नेतामध्ये शरदसिंह भण्डारी मुलुक बाहिर रहनुभएकाले उपस्थित हुनुभएन । दल दर्ताका लागि राजपाका सांसद र अरु नेता तथा कार्यकर्ता आयोगमा पुगेका थिए । रासस

वि.सं.२०७४ असार २३ शुक्रवार १५:०९ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...