back

दोहोरी प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठान प्रथम

वि.सं.२०७४ असार २४ शनिवार

660 

shares
IME Limited
NTC AD

२४ असार, काठमाडौँ । सांस्कृतिक संस्थाद्वारा यही असार २० देखि २२ गते सम्म सञ्चालित राष्ट्रव्यापी खुला दोहारी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति प्रथम भएको छ ।

देशैभरिबाट १७ टोलीले भाग लिएको उक्त प्रतियोगितामा न्यु गोधुली साँझ दोस्रो, नीलहीरा समाज काठमाडौँ दोस्रो र न्यु डाँफे दोहोरी साँझ सुन्धाराले सान्त्वना पुरस्कार पाएका छन् ।

अन्तिम चरणको प्रतिस्पर्धामा पुरुषतर्फ प्रकाश पराजुली र महिलातर्फ मीना थापा उत्कृष्ट भए । समाजसेवी पृथ्वी थकालीले उत्कृष्ट हुनेलाई रु पाँच÷पाँच हजार थप गरी जनही रु १० हजार तथा प्रोत्साहन पुरस्कार पाउने दिनेश खड्का धवलागिरि र टीका सानु विक राप्तीलाई जनही रु पाँच पाँच हजार प्रदान गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख सहित सिल्ड, तक्मा र प्रमाणपत्र तथा द्वितीय हुनेलाई रु ५० हजार आदि प्रदान गरिएको थियो । यसैगरी तृतीय हुनेले रु २५ हजार र सान्त्वना हुनेले रु १० हजार पाए ।

 लोकगायक मिलन लामाले वाद्यवादक कलाकारका लागि प्रोत्साहनस्वरुप रु १२ हजार तथा जुनकिरी दोहोरी साँझका सञ्चालिका तथा लोकगायिका सरु थापाले त्यसमा थप रु १० हजार प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक बमबहादुर कार्कीले संस्थानले लोक तथा दोहोरी गीतको प्रवद्र्धन र विकास गर्न गरेको प्रतियोगिता अत्यन्तै महत्वपूर्ण र सराहनीय भएको बताउनुभयो । वरिष्ठ लोकगायक प्रजापति पराजुलीले नाचघरले दोहोरी गीतको प्रतियोगितामार्फत दोहोरी क्षेत्रकै सम्मान गरेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

संस्थानका महाप्रबन्धक राजेश थापाले राष्ट्रव्यापी दोहोरी गीतको प्रतियोगिता प्रत्येक वर्ष गरिने जानकारी दिनुभयो  ।

 

वि.सं.२०७४ असार २४ शनिवार ०२:३४ मा प्रकाशित

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विविध...

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

फेदीखोलामा देशमै पहिलो पटक वनमा आधारित सहकारीको अवधारणा

स्याङ्जा । फेदीखोला कृषि वन उद्यम सहकारी संस्था लिमिटेडको प्रारम्भिक...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

टेलिकमद्वारा लुलाङमा मोबाइल फोन सेवा विस्तार

म्याग्दी । नेपाल टेलिकमले म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा मोबाइल फोन...

चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

चन्द्रपुर (रौतहट) । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय...