२४ असार, इलाम । चुलाचुली गाउँपालिका–२ का एक जना युवकको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।
राति गाउँ छिरेको हात्तीको आक्रमणबाट चुलाचुली –२ का ३७ वर्षीय देवीलाल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो । हात्तीले स्थानीयवासी मनमाया राई र उर्मिला खतिवडाको घरमा समेत क्षति पु¥याएको छ ।
वि.सं.२०७४ असार २४ शनिवार ०२:३५ मा प्रकाशित




























