back

२८ जना खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडीका रुपमा सम्मान

वि.सं.२०७४ असार २४ शनिवार

804 

shares

२४ असार, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विसं २०७३ मा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल १८ खेलका २८ जना खेलाडीलाई वर्षको उत्कृष्ट खेलाडीका रुपमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा सम्मान गर्नुभएको छ ।

भक्तपुर नगरपालिकाले आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सो सम्मान प्रदान गरिएको हो ।

सम्मानित हुने खेलाडीमा एथलेटिक्सका अन्तर्राष्ट्रिय खेलाडी कान्छीमाया कोजुसहित फुटबलका किशोर सुवाल, बुद्धीचालका विक्रम जती र सविना श्रेष्ठ, बास्केटबलका कृशा डन्डेख्या, लन टेनिसका कृष्ण गोविन्द कासुला, बक्सिङका प्रकाशकुमार विष्ट र नीता गोसाईं, टेबल टेनिसका रेखान तामाङ र मन्जु सुवाल, तेक्वान्दो किरण सितिखु र एलिशा लामा, क्रिकेट राज तुलाधर, शारीरिक सुगठनका अमितकुमार मण्डल रहेका छन् ।

त्यसैगरी उसुका कान्ति लामा र अन्जली श्रेष्ठ, कबडी सिर्जन प्रजापति र कृष्मा दुवाल, जिम्नाष्टिकका उज्वल तिवारी र तारा शिवाकोटी, भलिबल लाक्पा तामाङ र एलिशा भुजु, ब्याडमिन्टनका रविन घेमोसु र पूर्णिमा लाखे, सितेरियो करातेका सुवास परियार र करुणा श्रेष्ठ, किक बक्सिङ प्रकाशबहादुर शाही र भारोत्तोलनका कमला श्रेष्ठ रहेका छन् ।

वि.सं.२०७४ असार २४ शनिवार ०२:४३ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...