back

माछापालनको क्षेत्र विस्तार कार्यक्रम प्रभावित, करोडौ रकम फिर्ता

वि.सं.२०७४ असार २५ आइतवार

132 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner
फाइल:फोटो
फाइल:फोटो

२४ असार, रत्ननगर (चितवन) । जिल्लामा माछापालनमा किसानलाई आकर्षित गर्न आएको अनुदान कार्यक्रम यस वर्ष प्रभावकारी नहुँदा करोडौँ रकम त्यसै फिर्ता भएको छ ।

जिल्लामा विभिन्न शीर्षकमा माछापालन विस्तारका लागि रु तीन करोड ५५ लाखभन्दा बढीका अनुदानका कार्यक्रम आएको भएपनि रु एक करोड पाँच लाखको कार्यक्रम सञ्चालन भएको थियो । बाँकी रु दुई करोड ५० लाख बढी रकमको काम हुनै सकेन ।

जिल्ला कृषि विकास कार्यालयका मत्स्यविकास अधिकृत परशुराम यादव यस वर्ष अनुदानका कार्यक्रममा न्यून प्रगति भएको बताउनुहुन्छ । “जोसँग जग्गा छ, प्लटिङ गर्दैमा ठिक्क छ, चाहना भएकासँग जग्गा छैन, त्यसैले क्षेत्र विस्तार हुन सकेको छैन,” उहाँले भन्नुभयो । यस वर्ष किसानको माग नै कम आएको उहाँ बताउनुहुन्छ ।

माछापालन विस्तार तथा नर्सरी व्यवस्थापनका लागि जिल्लामा कुल १२० हेक्टर क्षेत्रफलमा अनुदानका कार्यक्रम आएको भएपनि ३३ हेक्टरमा मात्रै काम सम्पन्न भएको यादव बताउनुहुन्छ । जिल्लामा यस वर्ष तीनवटा शीर्षकमा माछापालनका लागि अनुदान आएको थियो ।

विशेष मत्स्य उत्पादन कार्यक्रमअन्तर्गत २० हेक्टर क्षेत्रमा माछापालन विस्तारको कार्यक्रम भएपनि १२ हेक्टरमा मात्रै नयाँ पोखरी निर्माण भएको छ । यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत माडी र पश्चिम क्षेत्रमा ९५ हेक्टरमा क्षेत्रफल विस्तारको कार्यक्रम रहेको भएपनि २२ हेक्टरमा मात्रै विस्तार गर्न सफल भएको यादवले बताउनुभयो ।

दुईवटा कार्यक्रममा नयाँ पोखरी निर्माण गर्ने किसानलाई प्रतिहेक्टर रु तीन लाखका दरले अनुदान उपलब्ध गराउने भनिएको थियो । माछाको नर्सरी निर्माण र व्यवस्थापनका लागि प्रति हेक्टर रु पाँच लाख अनुदान दिने गरी पाँच हेक्टर क्षेत्रफलमा कार्यक्रम आएकामा जम्मा तीन हेक्टरमा मात्रै काम सफल भएको छ ।

कार्यालयका प्रमुख सुधिर श्रेष्ठले यस वर्ष माछामा प्रगति हुन नसकेको स्वीकार गनुभयो । अनुदानले पनि किसानलाई आकर्षित गर्न नसकेको उहाँको भनाइ छ । उहाँले जमिनको स्वरुप नै बिग्रने भएकाले किसान नआएका तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमको कार्यविधि ढिला आउँदा समस्या भएको बताउनुभयो ।

कार्यालयका अनुसार जिल्लामा गत वर्ष एक हजार ३०० किसानले ५३९ हेक्टरमा माछापालन गरेको तथ्याङ्क छ । जिल्लामा वार्षिक दुई हजार २६३ मेट्रिक टन माछा उत्पादन हुन्छ । हाल रहु, नैनी, भाकुर, सिल्भर बिगहेड, ग्रास, कमनकार्प, पङ्गासियस प्रजातिका माछा उत्पादन हुँदै आएको छ ।

वि.सं.२०७४ असार २५ आइतवार ०४:३७ मा प्रकाशित

मुस्ताङमा चिस्यान केन्द्र, बेसिजन पनि खान पाइने भइयो स्याउ

मुस्ताङमा चिस्यान केन्द्र, बेसिजन पनि खान पाइने भइयो स्याउ

म्याग्दी । मुस्ताङका किसानले चिस्यान केन्द्रमा भण्डारण गरेर बेसिजन पनि...

पोखराका कौसी हराभरा बनाउने मेहनती किसान, ‘कौसी क्विन’ बनिन् रानाभाट

पोखराका कौसी हराभरा बनाउने मेहनती किसान, ‘कौसी क्विन’ बनिन् रानाभाट

जमुना वर्षा शर्मा, पोखरा । पोखरा महानगरपालिका–६ वैदामकी भावना रानाभाट...

भारतीय सेनाबाट अवकाश लिएपछि स्याउँ खेतीमा रमाउँदै पर्वतका शेरपूजा

भारतीय सेनाबाट अवकाश लिएपछि स्याउँ खेतीमा रमाउँदै पर्वतका शेरपूजा

पर्वत । पर्वतमा पहिलोपटक व्यावसायिकरुपमा स्याउखेती सुरु गरिएको छ ।...

किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ

किसानलाई चैते धान रोप्न भ्याइनभ्याइ

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको...

रु २१ करोडको लगानीमा आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण

रु २१ करोडको लगानीमा आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण

नवलपरासी । पश्चिम नवलपरासीमै पहिलो पटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण...

नगरपालिकाले ल्यायो किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना

नगरपालिकाले ल्यायो किसानको जीवनस्तर उकास्ने ‘मिल्की वे’ परियोजना

कमलकुमार बस्नेत, सिन्धुली । कमलामाई नगरपालिका–५ कि किसान गुणकुमारी घिमिरे...