back

सुगन्धित तेलबाट आम्दानी लिँदै किसान, प्रतिलिटर रु ४० हजार

वि.सं.२०७४ असार २५ आइतवार

846 

shares

sunghit-tel२५ असार, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ७ जुडाका किसान क्यामामाइल जडीबुटीखेतीमा संलग्न भएका छन् ।

क्यामामाइलको उत्पादित सुगन्धित तेल सहजै बिक्री हुन थालेपछि यहाँका किसान उक्त खेतीमा संलग्न भएका हुन् । उत्पादित तेल नेपालगञ्जका व्यापारीले प्रतिलिटर रु ४० हजारका दरले किसानको घरबाटै खरिद गर्न थालेपछि क्यामामाइलको खेतीमा संलग्न किसान उत्साहित भएका छन् ।

यहाँका २२ जना किसानले झन्डै दश बिगाहा खेतमा क्यामामाइल खेती गरेका छन् । यस वर्ष रु सात लाख ३३ हजार बराबरको १८ लिटर तेल किसानले बिक्री गरेका स्थानीय कालुसिंह ठगुन्नाले बताउनुभयो । बीस हजार रुपैयाँ बराबरको अन्न उत्पादन हुने एक बिगाहा खेतमा क्यामामाइल खेती गरेर किसानले छ महिनामै रु एक लाख ६० हजारसम्म आम्दानी गरेका उहाँले बताउनुभयो ।

क्यामामाइल खेती गरेर उत्पादित तेल बिक्री हुन छाडेपछि तीनवर्ष अघि वैदेशिक रोजगारमा संलग्न भएका रतनबहादुर ठगुन्नाले पुनः क्यामामाइल खेती गर्न थाल्नुभएको छ । सुगन्धित तेलले बजार पाउन थालेको जानकारी पाएपछि मलेसियाबाट घर फर्केर पुनः क्यामामाइलखेती गरेको उहाँको भनाइ छ । यस वर्ष थोरै जग्गामा लगाइएको क्यामामाइलबाट रु एक लाख १० हजार आम्दानी गरेको ठगुन्नाको भनाइ छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका यहाँका बासिन्दाले खेतबारीमा लगाएको अन्नबाली जनावरले खाएर हैरानी पार्न थालेपछि त्यसको विकल्पका रुपमा नौवर्ष अघिदेखि जडीबुटीखेती गर्दै आएका थिए । व्यापारीले उत्पादित तेल सस्तोमै खरिद गर्न थालेपछि लगानीनै नउठने भएपछि खेती गर्न छाडेका थिए ।

अन्नभन्दा कयाँैं गुणा बढी आम्दानी क्यामामाइल जडीबुटी खेतीले दिने भएकाले जडीबुटी खेतीमा संलग्न भएको स्थानीय वीरसिंह ठगुन्नाले बताउनुभयो । “उत्पादित जडीबुटी नै बिक्री हुन छाडेपछि भारत जान थालेका थियौंँ, बजार पाइएपछि पुनः फर्केर क्यामामाइल खेती गर्न थालेका छौंँ ।”

व्यापारी र किसानले उत्पादन गरेको सुगन्धित तेल भारत, चीन र थाइल्यान्डलगायत देशमा निर्यात गर्न थालेका छन् । जडीबुटी प्रशोधन गर्नका लागि राखिएका दुई प्लान्टमध्ये एउटा मात्रै सञ्चालनमा रहेको छ । भारतको लखनउबाट रु १८ लाखमा खरिद गरेर ल्याइएको प्लान्टमा लामो समयदेखि जडीबुटी प्रशोधन नहुँदा बिग्रिएको छ ।

वि.सं.२०७४ असार २५ आइतवार ०४:४१ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थ-राष्ट्रिय समृद्धिको इन्जिन

अर्थतन्त्र कुनै राष्ट्रको आय–व्ययको कागजी हिसाब मात्र होइन; यो राष्ट्रको...

यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

स्याङजा भिरकोटको एउटै वडाका किसानले बेचे १० करोड बढीको सुन्तला

वालिङ (स्याङ्जा) । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश...

अन्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँ घट्यो, उपभोक्तालाई राहत

अन्डाको मूल्य प्रतिक्रेट ९० रुपैयाँ घट्यो, उपभोक्तालाई राहत

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य प्रतिक्रेट ९०...

पौष २५ देखि छैटौं देवचुली महोत्सव हुँदै, तयारी तीव्र

पौष २५ देखि छैटौं देवचुली महोत्सव हुँदै, तयारी तीव्र

नवरपुर । नवलपुर जिल्लाको देवचुली नगरपालिकामा आगामी पौष २५ गतेदेखि...