Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

बबईमा ४६ घडियाल गोही



 

 २५ असार, गुलरिया(बर्दिया) । बबई नदीमा घडियाल गोही ४६ र मगर गोही ३१ पुगेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले संरक्षित क्षेत्रमा हुन सक्ने चोरी सिकार एवं अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो पटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको सर्वेक्षण गरिएको बताउनुभयो । निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किमी दूरीमा ड्रोनको प्रयोग गरिएको हो ।
माछा र मासु दुवै खाने भएकाले मगर गोही सिमसार क्षेत्र र तालतलैयामा बस्ने गरेको थापाले बताउनुभयो । उहाँका अनुसार मगर गोहीले माछाबाहेक ताल छेउछाउ आउने चित्तल, जरायो, लघुनालगायत जनावरको पनि सिकार गर्छ । विशेष गरी ताजा माछालाई आफ्नो आहाराका रूपमा लिने गरेको घडियाल गोही नेपालका नारायणी, राप्ती, बबई र कर्णालीमा मात्र पाइने बताइएको छ ।

सन् २०१६ मा गरिएको गणनानुसार ती सबै नदीमा घडियाल गोही १९८ थिए । यस वर्ष बर्दियाका नदी प्रणालीमा घडियाल गोहीको सङ्ख्या वृद्धि भएसँगै अन्य नदी प्रणालीमा पनि यसको सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले