back

बबईमा ४६ घडियाल गोही

वि.सं.२०७४ असार २५ आइतवार

552 

shares

 

 २५ असार, गुलरिया(बर्दिया) । बबई नदीमा घडियाल गोही ४६ र मगर गोही ३१ पुगेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेशकुमार थापाले संरक्षित क्षेत्रमा हुन सक्ने चोरी सिकार एवं अवैध गतिविधि नियन्त्रण गर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो पटक मानवरहित विमान (ड्रोन)को प्रयोग गरी गोहीको सर्वेक्षण गरिएको बताउनुभयो । निकुञ्ज सीमाभित्र पर्ने बबई नदीको ४६ किमी दूरीमा ड्रोनको प्रयोग गरिएको हो ।
माछा र मासु दुवै खाने भएकाले मगर गोही सिमसार क्षेत्र र तालतलैयामा बस्ने गरेको थापाले बताउनुभयो । उहाँका अनुसार मगर गोहीले माछाबाहेक ताल छेउछाउ आउने चित्तल, जरायो, लघुनालगायत जनावरको पनि सिकार गर्छ । विशेष गरी ताजा माछालाई आफ्नो आहाराका रूपमा लिने गरेको घडियाल गोही नेपालका नारायणी, राप्ती, बबई र कर्णालीमा मात्र पाइने बताइएको छ ।

सन् २०१६ मा गरिएको गणनानुसार ती सबै नदीमा घडियाल गोही १९८ थिए । यस वर्ष बर्दियाका नदी प्रणालीमा घडियाल गोहीको सङ्ख्या वृद्धि भएसँगै अन्य नदी प्रणालीमा पनि यसको सङ्ख्या वृद्धि भएको अनुमान गरिएको छ ।

वि.सं.२०७४ असार २५ आइतवार ०५:५७ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...