अष्ट्रेलिया । अष्ट्रेलियामा मोटरसाइकल दुर्घटनामा परेर एक नेपाली युवाको मृत्यु भएको छ ।
४ जुलाइका दिन कामबाट फर्कने क्रममा सिड्नीको मोनाभेलमा मोटरसाइकलमा विपरित दिशाबाट आएको कारले ठक्कर दिदाँ गम्भीर घाइते भएका उनको शनिबार (८ जुलाई) का दिन रोयल नर्थ शोर अस्पतालमा मृत्यु भएको हो ।
सन् २०१४ मा सिक्व्यु विश्वविद्यालयमा अध्ययन गर्न पुगेका नेपालगन्जका थापा विद्यार्थी भिसामा रहेका कारण उनको शव नेपाल पठाउनका लागि यहाँस्थित नेपाली समुदाय आर्थिक रकम संकलनका लागि जुटेको छ ।
वि.सं.२०७४ असार २५ आइतवार ०६:२० मा प्रकाशित




























