Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

जेल सजाय पूरा गरेर पनि देश फर्कन पाएनन् रत्न बहादुर



ratna

२७ असार, काठमाडौं । बैदेशिक रोजगारका क्रममा मलेसिया पुगेका साबा नेपाल फर्कन नपाउँदा विचल्ली परेका छन् ।
रोजगारिका लागि मलेसियाको कोलमबुम इन्दाम साबा पुगेका रुकुम ८ मुरुका रत्न बहादुर विश्वकर्मा एकवर्षको जेल सजाय पूरा रगे पनि कागजातको अभावमा देश फर्कन सकेका छैनन् ।
एक बर्ष अघि (२०१६ जनवरी १ का दिन) साथीहरूसँग घुम्न निस्केका रत्नलाई स्थानीय महिला माथी दुव्र्यवहार गरेको आरोपमा मलेसियाको स्थानीय प्रहरीले पक्राउ गरेको थियो । भिडभाड रहेको स्थानमा हिड्दै गर्दा महिलालाइ शरीरमा छोइएको मात्रै भएपनि महिलाले हालेको दुव्र्यवहारको उजुरीको आधारमा रत्नलाई एकबर्ष जेल सजाय सुनाइएको थियो ।
यता तोकिएको एकबर्ष सजाय पूरा गरि २०१७ मार्च १८ तारीख जेलबाट रिहाई भएका रत्नलाई कम्पनीले वास्ता नगरेको र पासपोर्ट समेत नदिएपछि नेपाल फर्कन आबस्यक कागजात दूतावासले नबनाइदिएकोले जेलबाट छुटेको तीन महिना बितिसक्दा समेत घर आउन नसकेको उनका दाजु उमेश विश्वकर्माले बताएका छन् ।
बारम्बार नेपालका लागि मलेसियन दूतावासलाई फोन सम्पर्क गर्दा समेत वास्ता नगरेको र यसअघि नै प्रधानमन्त्री कार्यलयमा समेत उद्दारका लागि निवेदन लेखिएको भए पनि कुनै पहल नभएको उनको गुनासो छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर