back

झापामा बाढीको कारण २७७ घर जोखिममा

वि.सं.२०७४ असार २७ मंगलवार

165 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

 २७ असार, बनियानी (झापा) । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् ।

नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् । रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका– ७ दक्षिण पाँच सय मि कटान गरेर बस्तीमा पस्न लागेको छ ।

खोला बस्तीमा पस्ने सम्भावना बढेसँगै त्यहाँ रहेका १५० घर जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । सो स्थानको निरीक्षणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।
त्यस्तै मेची नदीमा पानीको बहाव बढेपछि भद्रपुुर नगरपालिका–३ स्थित भैँसाबाडीका १२५ घर जोखिममा छन् भने मेचीनगर १५ हेल्दुबारीमा निन्दा नदीले जमीन कटान गर्दा स्थानीयवासी दलबहादुर गुरुङलगायतका दुई घर जोखिममा रहेको रेडक्रसले जनाएको छ ।

यसैबीच यही असार २४ गते हडिया खोलामा पौडी खेल्न जाँदा बेपत्ता भएका एक बालकको शव मेची नदीको किनारमा सोमबार फेला परेको छ । मेचीनगर–१५ का नरबहादुर लिम्बूका १२ वर्षीय छोरा निशानको शव दुई दिनपछि फेला परेको हो ।

वि.सं.२०७४ असार २७ मंगलवार ०७:१३ मा प्रकाशित

‘प्लाइउड’ रोक्ने भारतीय नीतिले उद्योगी चिन्तित

‘प्लाइउड’ रोक्ने भारतीय नीतिले उद्योगी चिन्तित

झापा । भारतले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आइएसओ)को निहुँ बनाएर नेपालमा...

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

चिराइतोको मूल्य बढेपछि किसान उत्साहित

किमाथाङ्का (सङ्खुवासभा) । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि सङ्खुवासभाका किसान...

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

माओवादी केन्द्रको स्थायी समिति बैठक मङ्गलबार बस्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेताहरुको कार्यविभाजनका सन्दर्भमा...

आयोगद्वारा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कर्मचारीसहित एक सय ७२ जनाविरुद्ध मुद्दा दायर

आयोगद्वारा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कर्मचारीसहित एक सय ७२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा जिल्लाको सरकारी स्वामित्वको...

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्री ‘प्रचण्ड’सँग अमेरिकी नौसेनाध्यक्षको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र...

अस्पतालहरुले अटेर गरेको भन्दै बालेनले दिए यस्तो चेतावनी

अस्पतालहरुले अटेर गरेको भन्दै बालेनले दिए यस्तो चेतावनी

काठमाडौँ । काठमाडौँ महानगर पालिकाका प्रमुख बालेन्द्र शाहले (बालेन) निशुल्क...