back

कीर्तिमानी आरोही भन्छन् ‘सगरमाथालाई आराम दिनुप¥यो’

वि.सं.२०७४ असार २७ मंगलवार

204 

shares
NTC AD
Global IME AD

२७ असार, काठमाडौँ । “सगरमाथामा यसरीनै लापर्बाही गर्ने हो, भने अबको केही वर्षमा फोहरको डङ्गुरले अस्तित्व खतरामा पर्छ,”–सोह्र पटक सगरमाथा चढेका कीतिमानी आरोही पेम्बा दोर्जे शेर्पा भन्नुहुन्छ,“म सरकारलाई आग्रह गर्दछु की सगरमाथालाई एक÷दुई वर्ष आराम ‘रेस्ट’ दिउँ ।”

सर्वाेच्च शिखर सगरमाथाको अस्तित्वलाई जोगाउन त्यहाँको सबै फोहर सफा गर्नुपर्ने भएकाले आरोहणलाई केही समय रोकी अन्य ‘भर्जिन’ हिमालमा आरोहण सञ्चालन गरिनुपर्ने आरोही पेम्बाको भनाइ छ ।

पहिला दुई÷तीन वर्ष सरसफाइ गरेको भए पनि त्यतिखेर हिउँ धेरै भएकाले सार्थकता पाउन नसकेको अनुभव सुनाउँदै आरोही शेर्पालाई यस वर्षको वसन्त ऋतुमा सगरमाथा चड्दा चुचुरोमा देखिएको पाँच÷सातवटा आरोहीको शवले खिन्न बनाएको छ ।

सगरमाथाको आठ हजार मिटरमाथी मात्रै झन्डै पाँच टन फोहर रहेको दाबी गर्ने शेर्पाका अनुसार सबैभन्दा बढी क्याम्प चारमा छ, त्यहाँ फराकिलो चौर रहेकाले धेरै आरोहीको सामान फालिएको छ ।

अर्का कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा पनि सगरमाथाको क्याम्प चार माथी शव थुप्रिएकाले प्रदूषित बन्दै गएको बताउनुहुन्छ । बाह्र पटक सगरमाथा आरोहण गर्नुभएका शेर्पाले भन्नुभयो –“सगरमाथाको क्याम्प चारमाथी आठवटा शव देखेको छु, धेरै पहिला देखिका शव त्यहाँ छन् केही त हावाले उडाएर लगिसक्यो । अघिल्लो वर्ष मृत्यु भएका आरोहीका शव पनि बाटोमै छरपष्ट देखिन्छन्् ।”

आरोहणको ६४ वर्षे इतिहासमा देशको पहिचानलाई विश्वमा फैलाउन सरगमाथाको योगदान छ । विश्वकै सम्पत्तिका रुपमा रहेको यसको साखलाई जोगाउन चुनौती बढेको स्वयम् आरोही बताउँछन् । सगरमाथा क्षेत्रमा फोहर व्यवस्थापन नहुनु र अवैध आरोहणले यसको साख गिराउने होकी भन्ने उनीहरुमा चिन्ता छ ।

पद्यात्रा र भिडियो खिच्न जानेको संख्या बढ्दो छ । तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथामा पहिलो मानव पाइला टेका थिए । त्यसयता करिब आठ हजार पर्वतारोहीले सो शिखर चुमिसकेका छन् । आरोहणकै क्रममा २९० भन्दा बढी आरोहीले ज्यान गुमाइसकेका छन् । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल मध्ये नेपालमा आठवटा रहेका छन् ।

बर्सेनि बढ्दो आकर्षणको भीड र अस्वस्थ्य प्रतिस्पर्धाले यसको गरिमालाई कमजोर पारेको छ । सगरमाथा आरोही सङ्घका अध्यक्ष माया शेर्पा सगरमाथाको गरिमालाई जोगाई आरोहणलाई गुणस्तरीय बनाउन उचित नीतिको आवश्यकता रहेको र यसलाई ‘स्पेसलाइज’ गर्नुपर्नेमा जोड दिनुहुन्छ ।

सगरमाथामा सफाइ चाहियो

सगरमाथालाई आराम नै चाहिएको होत, भन्ने जिज्ञासामा नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पा आरामभन्दा पनि फोहर व्यवस्थापन चुनौतिपूर्ण हो भन्दै सफाइलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ ।

‘इको एभरेष्ट एक्स्पिडिसन’ले सन् २००८ देखि हालसम्म सगरमाथाबाट १७ हजार ७०० किलो फोहर सङ्कलन गरी व्यवस्थापन गरिसकेको छ । ती फोहर साउथ पोल, क्याम्प दुई र तीनबाट सङ्कलन गरिएको हो । सगरमाथाको अर्को प्रमुख चुनौती आरोहीको दिसापिसाब हो । यसले हिमाललाई प्रदूषित बनाउने गरेको अध्यक्ष शेर्पा बताउनुहुन्छ ।

“सगरमाथा क्षेत्रमा अझै थुप्रै शव बाँकिरहेका छन्,” उहाँले भन्नुभयो ।

विभिन्न कम्पनीले आ–आफ्नै ढङ्गले फोहर सङ्कलन गर्ने भएकाले अहिलेसम्म कति फोहर जम्मा गरियो भन्ने यकिन विवरण छैन । हिमालको फोहर २०० वर्षसम्म पनि जस्ताको तस्तै रहने बताइन्छ । सगरमाथा प्रदूषण नियन्त्रण समितिका उपाध्यक्ष लामाकाजी शेर्पाले आरोहण याममा आरोहीले लगेका खानेकुरा, कोक, क्यानका बोतललगायत फोहर उतै छोडेर आउने प्रवृत्तिका कारण फोहर बढेको र समितिले हरेक याममा सफाइ गर्दै आएको बताउनुभयो । क्याम्प दुई भन्दामाथी चुचुरोसम्म हिमाल धेरै पग्लने हुँदा सरसफाइमा केही समस्या आउने गरेको उहाँको भनाइ छ ।

हिलारी ‘स्टेप’ भत्किएकै होत !

विसं २०७२ को गोरखा भूकम्पपछि अन्तर्राष्ट्रियरुपमै चर्चित हिलारी ‘स्टेप’ भत्किएको भन्ने चर्चा अन्तर्राष्ट्रिय जगतमा समेत छायो । तर, यसबारे विभिन्न आरोही तथा त्यससँग सम्बन्धित संस्था विज्ञको फरक धारणा आइरहेको छ ।

आरोही पेम्बा शेर्पाका अनुसार हिलारी स्टेप भत्किएको धेरै हल्ला भए पनि त्यो यथार्थ नभई हिलारी स्टेप माथिको ढुङ्गो खसेको हो ।

एनएमए अध्यक्ष शेर्पा हिलारी स्टेप केही परिवर्तन (ढुङ्गा सरेको) पाइए पनि यसको वास्तविकता पत्ता लगाउन आधिकारिक अनुसन्धानका लागि सरकारले पहल गर्नुपर्ने खाँचो औंल्याउनुहुन्छ ।

पर्यटन विभाग, पर्वतारोहण शाखाका अनुसार यस वर्षको वसन्त ऋतुमा स्वदेशी तथा विदेशी गरी ४४८ जनाले सगरमाथा आरोहण गरेका छन् । रासस

वि.सं.२०७४ असार २७ मंगलवार १०:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

पर्वतीय पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा

काठमाडौँ । हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह् पर्वतीय पदयात्रीको...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै

लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ सम्मेलन हुँदै

काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा...

नव वर्ष महोत्सवको अवसरमा पोखराका होटेलहरुमा छुट अफर

नव वर्ष महोत्सवको अवसरमा पोखराका होटेलहरुमा छुट अफर

गण्डकी । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि...

‘तेह्रकुने सिमसार’ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

‘तेह्रकुने सिमसार’ आन्तरिक पर्यटकको गन्तव्य बन्दै

फिक्कल (इलाम) । इलामको माई नगरपालिका–१ र ३ सङ्गमस्थलमा रहेको...