Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

गङनम स्टाईलको रेर्कड तोड्दै खालिफाको सि यु अगेन युट्युबमा सबैभन् दा धेरै हेरिएको भिडियो (भिडियोसहित)



२८ असार, एजेन्सी । कोरियन गायक पार्क जी साङ को गङनम स्टाइलको रेर्कड तोड्दै अमेरिकी गायकहरु विज खलिफा र चार्ली पुथको ‘सी यु अगेन’ युट्युबमा सर्वाधिक हेरिएको भिडियो भएको छ । सन् २०१५ को अप्रिलमा रिलिज भएको यस भिडियोलाई अहिलेसम्म २ अर्ब ९० करोड पटकभन्दा बढी हेरिएको छ । सन २०१२ को नोभेम्बरमा क्यानेडियन गायक जस्टिन बाइबरको बेबीलाई पछि पार्दै कोरियन पपस्टार साङको गीत गङनम स्टाईल सर्वाधिक हेरिएको भिडियो बनेको थियो ।

खालिफाको सि यु अगेनलाई हरेक दिन ३० लाख भन्दा धेरैले हेर्ने गर्दछन् । सी यु अगेन निकै सफल भएको हलिउड चलचित्र फास्ट एण्ड फ्युरियस सेभेने एण्ड् क्रेडिटको लागि तयार गरिएको थियो । चलचित्रका कलाकार पल वाकरको चलचित्र तयर हुनु भन्दा पहिले नै निधन भएकाले उनको श्रद्धान्जली स्वरुप यो भिडियो तयार गरिएको थियो ।