२८ असार, एजेन्सी । भारतीय क्रिकेट बोर्ड (आईसीबी) ले रिक्त रहेको भारतयि टिमाको प्रशिक्षकमा भारतीय क्रिकेट टिमका पूर्व खेलाडी रवि शास्त्रीलाई नियुक्त गरेको छ । शास्त्रीलाई दुई वर्षको सम्झौता गरेका हुन् । यो सगैँ उनी २०१९ को विश्वकपसम्म भारतीय टिमका मुख्य प्रशिक्षक रुपमा काम गर्ने छन् ।
यसैगरी (आईसीबी)ले जाहिर खानलाई बलिङ तथा राहुल द्रविडलाई ब्याटिङ प्रशिक्षक नियुक्त गरेको छ । कप्तान विराट कोहलीसँग मनमुटावका कारण प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएपछि मुख्य प्रशिक्षकको पद रिक्त रहेको थियो । मुख्य प्रीशक्षकको लागि विरेन्द्र सेहवाग, टम मुड्डी, रिचार्ड पेयवस र लालचन्द राजपुत छनोटमा परेपनि अन्तत शास्त्रीलाई जिम्मेवारी सुम्पेको हो ।
भारतका पुर्व खेलाडी शास्त्रीले भारतीय राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै ८० टेष्ट तथा १ सय ५० एक दिवसीय खेलेका छन् । अलराउन्डर खेलाडी शास्त्रीले टेष्ट क्रिकेटमा ३ हजार ८ सय ३० रन बनाउनुका साथै १ सय ५१ विकेट लिएका छन् । यस्तै उनले एक दिवसीय फर्मेटको खेलमा ३ हजार १ सय ८ रन बनाउनुका साथै १ सय २९ विकेट लिएका छन् ।
शास्त्री सन् २०१४ देखि २०१६ सम्म भारतीय राष्ट्रिय टिमको निर्देशकको रुपमा काम गरिसकेकका छन् ।
वि.सं.२०७४ असार २८ बुधवार ०८:२३ मा प्रकाशित



























