Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

ती रामवृक्ष र यी ढोंगी



khagendra sangroula
२५ जेठ २०७४ । तुरतुर पानी परिरहेको दिउँसोपख । आफ्नै घरको पिँडी । एक लम्बु र फरासिला जर्मन तन्नेरी मलाई भेट्न आए । उनी परे पिएचडीका मिहेनती विद्यार्थी । जनकपुरको सेरोफेरो उनको अनुसन्धान थलो । उनको खोजको विषय— रोजगारीको दरिद्र नेपालमा बैदेशिक रोजगारीको लहर । यो मैले खासै जानेको विषय होइन । त्यसैले यी मेरा प्रेमिल आगन्तुक, सूचनाका यी खली शिकारीलाई मैले कुनै विशिष्ट कुरा टक््रयाउन सकिनँ । अनि कुरैकुरामा उनले प्रसङ्ग कोट्याए रामवृक्ष यादबको । उनै रामवृक्ष यादव जो बर्मजिया भन्ने गाउँको प्राथमिक विद्यालयका मास्टर थिए । मास्टरी उनको जेनतेन पेट पाल्ने र सत्ताका आँखा छल्ने आवरण थियो । उनको खास ध्येय थियो जनवादी क्रान्ति, आमूल परिवर्तन र समता एवम् समृद्धिको जगमाथि सुन्दर जीवनको निर्माण । उनी दिनभरि मास्टरी गर्थे, निरङ्कुश सत्ताले यथास्थितिको आयु बढाउन रचेका पाठ्यपुस्तक केटाकेटीलाई पढाइ टोपल्थे । र, आधारातसम्म गरिब किसानहरूमा झलाल क्रान्तिको चेतना फैलाउँथे ।

रामवृक्ष आदर्शका ठूलठूला कुरा गर्ने र कुरैकुराका वायुपड्खी घोडामा आकाशमा उड्ने टाइपका क्रान्तिकारी थिएनन् । उनीआदर्श र व्यवहारको मितेरी साइनो गाँस्न सत्यत्नशील रहन्थे । उनी गरिब किसानका दैनिक सुखदुःखमा चाख राख्थे । र, तिनका मर्काहरूलाई घटाउन र तिनको सुविस्ता बढाउन सक्दो जमर्को गर्थे । उनी ज्यालाको दररेटका कुरा गर्थे । उनी खोस्री खाने जमिनका कुरा गर्थे । उनी खोस्नु पर्ने जमिनका कुरा गर्थे । उनी मलखादका कुरा गर्थे । उनी गरिब जनका शिक्षा र स्वास्थ्यका कुरा गर्थे । जर्मन तन्नेरीले मेरो पिँडीमा बसेर खल्लो कफी खाँदै रामवृक्षलाई शब्दचित्रमा उतारे । त्यो जीवन्त शब्दचित्रमा रामवृक्ष र जनसाधारणको नातामा ओली भनेझैँ माछा र पानीको नाता जस्तै देखियो— एकदमै अभिन्न, एकदमै अन्तरङ्ग ।

मैले रामवृक्ष यादबलाई भेट्न पाइनँ । भेट्ने जोगमेसो मिल्नै नपाई २०५१ सालमा उनी मारिए । सुनि जानेको यो कुरा कति साँचो हो थाहा छैन— उनलाई कांग्रेस, एमाले र राप्रपाले मिलुजुली मारेका थिए । मार्नुको कारण थियो उनको प्रतिपक्षी वागी चेतना, उनका अथक विद्रोही गतिविधिहरू र जनसाधारणमाझ उनको लोकप्रियताको अदम्य शक्ति । बस्, रामवृक्ष यादबबारे इतिहासबाट मैले सुनेका कुरा यत्तिहुन् । यी जर्मन तरुण लालक्रान्तिका पथिक रहेछन् क्यार, बडो चाख मानेर रामवृक्षमा केन्द्रित भए । यिनले रामवृक्षको आदर्श बिम्ब मेरो सामु प्रस्तुत गरे । रामवृक्ष क्रान्तिकारी गीत रच्थे, गीतमा सङ्कीत भर्थे र गाउँगाउँमा गाउँदै हिँड्थे । यिनका लागि गीत–सड्गीत केवल आनन्दको होइन जनजागरणको माध्यम थियो । रामवृक्ष आदर्शका ठूलठूला कुरा गर्ने र कुरैकुराका वायुपड्खी घोडामा आकाशमा उड्ने टाइपका क्रान्तिकारी थिएनन् । उनीआदर्श र व्यवहारको मितेरी साइनो गाँस्न सत्यत्नशील रहन्थे । उनी गरिब किसानका दैनिक सुखदुःखमा चाख राख्थे । र, तिनका मर्काहरूलाई घटाउन र तिनको सुविस्ता बढाउन सक्दो जमर्को गर्थे । उनी ज्यालाको दररेटका कुरा गर्थे । उनी खोस्री खाने जमिनका कुरा गर्थे । उनी खोस्नु पर्ने जमिनका कुरा गर्थे । उनी मलखादका कुरा गर्थे । उनी गरिब जनका शिक्षा र स्वास्थ्यका कुरा गर्थे । जर्मन तन्नेरीले मेरो पिँडीमा बसेर खल्लो कफी खाँदै रामवृक्षलाई शब्दचित्रमा उतारे । त्यो जीवन्त शब्दचित्रमा रामवृक्ष र जनसाधारणको नातामा ओली भनेभैmँ माछा र पानीको नाता जस्तै देखियो— एकदमै अभिन्न, एकदमै अन्तरङ्ग ।

जर्मन तरुणले गम्भीर भएर मलाई सोधे— नेपालमा ६३ प्रतिशत कम्निस्ट छन् भनिन्छ । यी ६३ प्रतिशतमा रामवृक्ष यादब जस्ता कम्निस्ट कतै भेटिन्छन् त ब्रो ? तरुणको प्रश्नमा गहिरो अविश्वास ध्वनिति भएको थियो । म त्यसैत्यसै अबाक् भएँ । मेरा मनको अन्तरमा एउटा गोप्य विचार तरङ्ग उठ्यो— कहाँकाती रामवृक्ष यादब, कहाँका नवऔतारी यी ६३ प्रतिशत ! त्यो उन्सर्गमुखी आदर्शको जमाना थियो, यो उपभोक्तामुखी ढोङको जमाना हो । आखिर जस्तो जमाना उस्तै पात्रहरू हुने त हो ।

आजको कम्निस्ट वा कम्निस्ट हुँ भन्ने जीवको एउटा बिचित्रको उदाहरण छ । उदाहरण धेरै पुरानो होइन । यो अनेकमध्ये एक माओवादी महलको उदाहरण हो । यो माओवादी १२ बुँदेको फड्के तरेर भ्रष्ट र शोषणकारी सत्तामा भित्रिए पछिको कुरा हो । माओवादी सत्ताको स्वाद चाख्न थाल्यो । चाख्नथाल्दा न नथाल्दै माओवादीको कायाकल्प शुरु भयो । उसले रोल्पा बिस्र्यो । निष्ठा र आत्म बलिदानको शक्तिले आप्mनो पहिचान र प्रतिष्ठा निर्माण गरिदिने थुप्रै जनलाई उसले बिस्र्यो । आपूm हिँडेर आएको कष्ट र त्यागले भरिपूर्ण उदात्तपथलाई उसले बिस्र्यो । उसले गाउँले गरिबहरूलाई बिस्र्यो । बलिदानी युद्धमा लोकसामु आपूmले गरेका रङ्गीन बाचाहरू उसले बिस्र्यो । र अब सत्ता, सम्पत्ति, सोख र मोजको संसारमा ऊ लगभग विलीन भयो । उसका लागि रामवृक्ष यादबहरूको सम्झना सुदूर अतीतको धूमिल चित्र बन्न पुग्यो ।

र, सत्तावृत्तमा माओवादीको नयाँ संस्करण एकदमै भिन्न औतारमा प्रकट भयो । माओवादी नेता सडकको पेटीमा भेटिन छाड्यो । ऊ टेम्पो, माइक्रो बसमा देखिन छड्यो । धूलो र हिलोमा टेक्दा उसका कोमल पाउ अपवित्र र खोटा हुने भए । ऊ गाडीवाल भयो । गाडी पनि जस्तो तस्तो होइन, नामी, दामी र मोजदायिनी गाडी । अनि गाउँ र देहातहरूमा, गरिबहरूका छाप्रा र टहराहरूमा, अभाव र कष्टले भरिपूर्ण जनजीवनमा, तिनका सुस्केरा र संघर्षहरूमा कसरी पाउकष्ट गरोस् यो सत्ता भोगी औतारी नेताले ? यसरी ऊ हरायो । हो, रोल्पाबाट ऊ हरायो । गाउँ–देहातहरूबाट ऊ हरायो । आदर्शका बाचाहरूबाट ऊ हरायो । उत्सर्गका गाथाहरूबाट ऊ हरायो । अब यदाकदा, औँसी–पूर्णिमाको छेक पारेर जब ऊ गाउँ– देहातमा आउँछ, ऊ बाहनमा हुँइकिँदै आउँछ, ऊ हेलिकल्पटरमा बेगिँदै आउँछ । ऊ आउँछ, ऊ ठूलाबडाले लगाउने पूmलमाला लगाउँछ, ऊ राजा–महाराजले भैmँ जयजयकार ग्रहण गर्छ र ऊ मिलिक्कै धरामा वा गगनमा गायब हुन्छ ।

रामवृक्षकालमा सादापन र उत्सर्ग कम्निस्टको आदर्श थियो । त्यो उसको जीवनशैली थियो । अहिले ढोका उसको आदर्श भएको छ । एउटा उदाहरणमा यो ढोँगी जीवको अभिनय हेरौँ । मन्त्रीभएर निस्केपछि माओवादी हुँ भन्ने एक जीवले अभिनय शुरु ग¥यो । भन्यो ‘आइन्दा म निजी बाहन चढ्दिनँ । म जनता चढ्ने सार्वजनिक वाहन चढ्छु । म जनतासँग नङ–मासुको नाता गास्छु ।’ नभन्दै अलिदिन उसले त्यसै ग¥यो पनि । त्यसपछि ? त्यसपछिको कथाकुरुप र विरुप छ । यो ढोँग शिरोमणिले पार्टीको भण्डारमा भएको सबैभन्दा महँगो गाडी कब्जा ग¥यो । यो मैले कथेको कथा होइन मान्यवर । पार्टीको आम पङ्क्तिमा यो कुत्तु कथा औधी प्रचलित छ ।

यो कथा कहेपछि जर्मन तरुणलाई मैले भनेँ— यो आदर्शको बीउ जोगाउनु पर्ने जुग हो, मित्र । बीउ रहे कुनै दिन वृक्ष कसो नउदाउला ?

(ऐक्यबद्धता मासिक २०७४ असार अंकमा पनि पढ्न सकिन्छ । )


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक