Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

मकाउमा एक नेपालीको मृत्यु



photo
मकाउमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । एक वर्षदखि मकाउको म्यानेजमेन्ट कम्पनीमा कार्यरत चितवन माडी नगरपालिका वडा नं २ का प्रकाश महतोको हृदयघातका कारण मृत्यु भएको हो ।
बगौडा २ का छन्नु महतोका छोरा ३३ वर्षे प्रकाश महतोको आज विहान ४ बजे हृदयघातका कारण सान्तेन अस्पतालमा मृत्यु भएको गैरआवासीय नेपाली संघ मकाउका सचिव कर्णबहादुर अधिकारीले जनाएका छन् ।
सचिव अधिकारीले महतोको असामयिक निधनले एनआरएनए मकाउ परिवार स्तब्ध भएको बताएका छन् ।
‘एकपटकको नेपाली सधैको नेपाली र नेपालीका लागि नेपाली’ भन्ने गैरआवासीय नेपाली संघको मुल मर्मलाई आत्मसात गर्दै मृतकको पार्थीव शरीर र अन्य विषयमा के कसो गर्ने भन्ने बारे मकाउमा रहेका अन्य संघ संस्थासँग विषेश छलफल गरिने छ ।’ एनआरएनए मकाउले भनेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी