एनआरएनए कान्साइका संयोजकमहेश कटवालले एक एक बर्ष चलाउने गरि भएको भद्र सहमतिमा घृणित राजनीति गरि समाज बिखन्डन गर्न खोजेको भन्दै राजिनामा दिएका छन।
कटवालले संस्थाको इज्जतमा दाग लगाउन सफल निरिह कार्यसमिति र निर्वाचन समितिमा रहेका आइसीसी सदस्य तथा एनआरएनए जापानका सल्लाहकार लगायतको घृणित कार्यको घोर भत्र्सना गर्दै समाजलाई विखण्डनतिर लाने सोचले संस्थाको इज्जतमा खेलवाड गर्नेहरुको झुण्डमा रहेर सक्रिय काम गर्न नसक्ने बताउँदै संयोजकबाट राजिनामा दिएको प्रेस वक्तव्यमार्फत जानकारी दिएका छन् ।
उनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ,
‘निर्बाचन गर्दा समाजमा भद्रगोल हुन्छ हामी बिचको भाइचारा बिग्रिन्छ जसरि पनि मिल्नुस भनि बिधान र बिधि बिपरित मिलाउने प्रयास गरेर षड्यन्त्र पूर्ण तरिकाले समग्र कान्साई बासि नेपालीको इज्जत र संस्थाको इज्जतमा दाग लगाउन सफल निरिह कार्यसमित र निर्बाचन समितिमा रहेका आइ.सी.सी सदस्य तथा एन.आर.एन जापान सल्लाहकार लगायतको घृणित कार्यको घोर भत्सना गर्दै समाजलाई बिखन्डन तिर लाने सोचले संस्थाको इज्जत मा खेलबाड गर्ने हरुको झुण्डमा रहेर सक्रिय रुपमा कार्य गर्न मेरो नैतिकताले नदिने भएको हुदा एक-एक बर्ष बाढेर कार्यसम्पादन गर्ने भन्ने बिसयको निर्णय बाट पछि हट्दै नेपाली समाजमा अमनचयनको सिर्जना गर्न सफल मेरा सहकर्मी लाइ सम्पूर्ण दुइ कार्यकाल चलाउने गरि म आफु यो कार्यसमिति बाट पछि हट्ने निर्णयमा पुगेको जानकारी गराउदछु ।
अधिबेसन को दिन सम्पूर्ण नेपाली हरुको इज्जत लाइ जापानिज समाज मा नंग्याउदै मदिरा निषेधित अधिबेसन स्थलमा मदिरा ले लट्ठ भएर र सुनियोजित तरिकाले मदिरापान गराई उदण्ड व्यवहार को साथमा चेलीबेटीहरुको उपस्थितिका बाबजुद पनि अपाच्य शब्दहरु प्रयोग गर्ने कार्यक्रम स्थलको तोडफोड मा उत्रने हरुलाई जतिसक्दो चाडो छलफल मा राखी आगामी दिनमा यस्ता किसिमका हर्कत हरु नगर्ने गरि कबुल गराएर आबस्यक प्रक्रिया मा लाने गरि कार्यसमिति अगाडी बढ्नेछ भन्ने कामना गर्दछु. बिगत १० बर्षदेखी निरन्तर यो संस्था र नेपाली समाजको लागि मैले दिएको योगदान मा कार्यसमिति बाहिर रहेर पनि कार्यसमितिले र नेपाली समाजले मेरो आबस्यक्ता बोध गरेको ठाउमा आफुले आफ्नो तर्फबाट सक्दो इमान्दारिता पुर्बक पाएको जिम्मेवारी निभाउने प्रतिबद्दता पनि ब्यक्त गर्दछु। राजीनामाको पृष्ठ जस्ताको तस्तै श्रीमान अध्यक्ष ज्यु एन.आर.एन जापान बिषय:- राजिनामा सम्बन्धमा सर्बप्रथम त एन.आर.एन कान्साइको अधिबेसनमा उपस्थित भइदिनु भएकोमा सम्पूर्ण महानुभाब हरु प्रती आभार प्रकट गर्न चाहन्छु ।
गत जुलाई १० तारिक भएको अधिबेसनमा म र मेरा प्रतिस्पर्धी लाइ संयुक्त रुपमा संयोजक को र अन्य निर्बाचित कार्यसमितिलाइ समेत पदभार ग्रहण गराउदै सपथ खुवाउनु भएकोमा एन.आर.एन.ए एसिया प्यासिफिक डि आर सि आइ सि सी एन.आर.एन जापानका सल्हाकार ,एन.आर.एन जापानका अध्यक्ष ज्यु लगायत निर्वाचन समिती र अन्य महानुभाब हरु प्रती म एन.आर.एन कान्साइ समित संयोजक महेस कुमार कटुवाल आभार प्रकट प्रकट गर्दछु । साथै उक्त दिन म र मेरा सहकर्मी मित्र श्री भुमीराज दवाडी बिच समान अधिकारमा दुई बर्ष संगै चलाउने कुरामा सहमती भएको जानकारी गराउद छु ।
एन.आर.एन.ए का अग्रजहरुको उपस्थिती हुँदा हुँदै एन.आर.एन कान्साइमा भएको अधिबेसनमा दुई जना संयोजक लाई किन सपथ खुवाइयो यस्को जवाफ सम्बन्धित सबै ले दिनु हुनेछ भन्ने अपेक्षा गर्दछु।
अलिकति पृष्ठभूमिमा तिर ध्यानाकर्षण गराउन चाहन्छु। एन.आर.एन जापान कान्साई क्षेत्रीय समितिको २०१७ जुलाई १० तारिक भएको अधिबेसन तथा निर्बाचनमा संयोजकको तिन उम्मेदवार मध्ये १ उम्मेदवार चुनाबी मैदान बाट पछि हटी दुइ उम्मेवार बीच प्रतिस्पर्धा हुने अबस्थामा निर्बाचन समितिले तोकेको तिन बजे देखि मतदान सुरु गर्ने गरि निर्बाचन समिति संयोजकले ३ बज्न १० मिनेट अगाडी उपस्थित मतदाता हरुलाई ३ बजे बाट निर्बाचन हुने जानकारी गराई सम्पूर्ण तयारी भैसकेको अबस्थामा निर्बाचन समितिमा समेत रही आइ.सी.सी सदस्य र एन.आर.एन जापान सल्लाहकार समेत रहनु भएका अग्रजहरुले जसरि पनि निर्बाचनमा जादा हाम्रो एकता भाडिने हुनाले तपाइहरु संयोजक दुइजना मिल्नुस संयोजक मिलेपछि अरु हामी त्यसै मिलाउछु भनि दिएको दबाब र उत्पन्न परिस्थितिलाइ मध्यनजर गर्दै हामि दुइ संयोजकको उम्मेवार म महेश कुमार कटवाल र भूमिराज दवाडी बीच दुइबर्षको कार्यकालमा दुइ जनाले एक-एक बर्ष गरि समानान्तर समान अधिकारमा चलाउने भन्ने गरेको प्रस्ताब बिधान र नैतिकताको बिरुद्ध हो, भन्ने बिसयमा म आफु सचेत हुदाहुदै स्वयम् आइ.सी .सी सदस्य एन.आर.एन जापान सल्लाहकार जस्तो गरिमामय पदमा बस्नु भएका निर्बाचन समितिको अनुरोध र प्रेस्सरले गर्दा निर्बाचन समिति संयोजक निर्बाचन गराउने पक्षमा हुद हुदै पनि हामी दुइले यति गरेर सम्पूर्ण कुरा मिल्छ भने मिलौन त भन्ने सोचमा म आफु पुगी दुइबर्षको कार्यकाल एक-एक बर्ष मिलेर चलाउने भन्ने सर्तमा मन्जुर गरि अन्य बाकि पदहरु उपसंयोजक,कोषाध्यक्ष र सहसचिब को सहमतिमा वहाहरु लाग्नु भयो ।
संयोजकको पद मिल्ने बित्तिकै अरु पद जसरि पनि हामि मिलाउछु भनेर वहाहरुले गरेको प्रतिबद्दतामा बिस्वस्त भएको म र अन्य धेरै सुभचिन्तक हरु नैरास्यताको परिणाम लिएर फर्किनु पर्यो ।
उपसंयोजकको पद मिलाएर कोसाध्यक्षमा आएर अकल्पनीय तरिकाले बादबिबाद सिर्जना गरि सुनियोजित तरिकाले तयार गरिएका उदण्ड चरित्रका व्यक्तिहरुलाइ मंचमा उतारेर होहल्ला कोलाहल र एन.आर.एन कान्साइको इतिहासमा हालसम्मकै बदनामी भयको कालो दिनको रुपमा परिणत गरियो । पाँच जनाको निर्बाचन समिति हुदै हुदै पनि सुनियोजित तरिकाले निर्बाचन समितिको संयोजकको बिरुद्ध भ्रामक हल्लाहरु फिजाई उदण्डपूर्ण वातावरणको सिर्जना गराई मास लाइ सम्झाउनु बुझाउने गर्नको साटो अन्य निर्बाचन समितिका अग्रजहरु होहल्ला हुने बित्तिकै पिसाव फेर्ने निहुँ पार्दै आफ्नो जिम्मेवारीबाट भागी जुन रमिता हेर्ने काम गरियो त्यो अत्यन्तै निन्दनीय र घृणित हर्कतको रुपमा मैले बुझेको छु ।
स्वयंसेवकको लागि पहिलेदेखिनै तय गरेर जिम्मेवारी दिएको स्वयम्सेबक समितिको संयोजकले न त् आफुले आफ्नो जिम्मेवारी निभाए न त तोकिए अनुरुप अरुलाई परिचालित गराउन सके जसको कारण कार्यक्रम पूर्ण रुपमा अब्यबस्थित हुन पुग्यो, निर्लज्ज कार्यसमितिको यस्तो गैर जिम्मेवारी पूर्ण कार्यले गर्दा आगन्तुक पाहुनाहरुलाई र एन.आर.एन कान्साई प्रति आस्था गर्दै आएका सम्पूर्णको मनमा ठेस पुग्नुको साथै संस्था बदनामी तिर धकेलियो ।
मेरो धैर्यता र इमान्दारितालाइ कमजोरी सम्झी मेरो प्रतिस्पर्धी मित्र र गरिमामय पदमा बसेका अग्रजहरुले सुनियोजित तरिकाले कान्साई बासि नेपाल हरुको छबि धमिल्याउने गरि सिर्जना गरेको घृणित वातावरणले बिस्वब्यापी संजालको भोलनटियर संस्था एन.आर.एनको गरिमामा जसरि प्रहार गरेको छ त्यसैगरि म जस्तो इमान्दार कार्यकर्ताको मनमा पनि ठुलो चोट पुर्याएर गएको छ।
निर्बाचन गर्दा समाजमा भद्रगोल हुन्छ हामी बिचको भाइचारा बिग्रिन्छ जसरि पनि मिल्नुस भनि बिधान र बिधि बिपरित मिलाउने प्रयास गरेर षड्यन्त्र पूर्ण तरिकाले समग्र कान्साई बासि नेपाली को इज्जत र संस्थाको इज्जतमा दाग लगाउन सफल निरिह कार्यसमित र निर्बाचन समितिमा रहेका आइ.सी.सी सदस्य तथा एन.आर.एन जापान सल्लाहकार लगायतको घृणित कार्यको घोर भत्सना गर्दै समाजलाई बिखन्डन तिर लाने सोचले संस्थाको इज्जत मा खेलबाड गर्ने हरुको झुण्डमा रहेर सक्रिय रुपमा कार्य गर्न मेरो नैतिकताले नदिने भएको हुदा एक-एक बर्ष बाढेर कार्यसम्पादन गर्ने भन्ने बिसयको निर्णय बाट पछि हट्दै नेपाली समाजमा अमनचयनको सिर्जना गर्न सफल मेरा सहकर्मी लाइ सम्पूर्ण दुइ कार्यकाल चलाउने गरि म आफु यो कार्यसमिति बाट पछि हट्ने निर्णयमा पुगेको जानकारी गराउदछु ।
अधिबेसन को दिन सम्पूर्ण नेपाली हरुको इज्जत लाइ जापानिज समाज मा नंग्याउदै मदिरा निषेधित अधिबेसन स्थलमा मदिरा ले लट्ठ भएर र सुनियोजित तरिकाले मदिरापान गराई उदण्ड व्यवहार को साथमा चेलीबेटीहरुको उपस्थितिका बाबजुद पनि अपाच्य शब्दहरु प्रयोग गर्ने कार्यक्रम स्थलको तोडफोड मा उत्रने हरुलाई जतिसक्दो चाडो छलफल मा राखी आगामी दिनमा यस्ता किसिमका हर्कत हरु नगर्ने गरि कबुल गराएर आबस्यक प्रक्रिया मा लाने गरि कार्यसमिति अगाडी बढ्नेछ भन्ने कामना गर्दछु।
बिगत १० बर्षदेखी निरन्तर यो संस्था र नेपाली समाजको लागि मैले दिएको योगदान मा कार्यसमिति बाहिर रहेर पनि कार्यसमितिले र नेपाली समाजले मेरो आबस्यक्ता बोध गरेको ठाउमा आफुले आफ्नो तर्फबाट सक्दो इमान्दारिता पुर्बक पाएको जिम्मेवारी निभाउने प्रतिबद्दता पनि ब्यक्त गर्दछु।’
महेश कुमार कटवाल संयोजक तथा २०१७-२०१९ एन.आर.एन जापान कान्साइ क्षेत्रीय समिति
वि.सं.२०७४ असार २९ बिहीवार १०:३५ मा प्रकाशित