३० असार, एजेन्सी । सपेनिश क्लब रियल म्याड्रिडले ईङलिश क्लब म्यानचेष्टर युनाईटेडबाट व्यवसायिक फुटबल खेल्दै आएका स्पेनिश गोलकिपर डेभिड डि जियालाई भित्राउने तयारी गरेको छ । एसी मिलानका गोलकिपर जिआनलुईजी डोनारुम्मालाई भित्राउने तयारी गरेतापनि डोनारुम्मले मिलान सँग नया सम्झौतामा हस्ताक्षर गरेपछि डोनारुम्मालाई क्लब ल्याउने सपना तुहिएको थियो ।
सन् २०१५ मा युनाईटेडबाट रियल जाने अन्तिम तयारी भएको बेला फ्याक्स मेसिनमा गडबडीको कारण अन्तिम दिन स्थान्तरणको समयावधि सकिएको भन्दै डि जिआले युनाइटेडमै नयाँ सम्झौतामा हस्ताक्षर गरेका थिए । बेलायती पत्रिका मिररका अनुुसार डि जियाले आफ्नो एजेन्ट सँग रियल जाने बन्दोबस्त मिलाउन भनेका छन् । स्पेनकै नागरीक रहेका किपर आफु रियल जान तयार रहेको बताएका छन् । उता रियलका कोष्टारिकन किपर किलोर नाभासले उत्कृष्ट प्रर्दशन गदै आएतापनि रियलले आफ्नो रक्षात्मक पक्षलाई अझै सुधार्ने तयरी गरेको छ ।
रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले लामो समयदेखि डि जियालाई किन्न प्रयास गरिराखेका छन् । स्रोतका अनुसार रियलले युनाईटेडलाई करिब ५० मिलियन पाउन्डको प्रस्ताव राख्ने तयारी गरेको छ ।
वि.सं.२०७४ असार ३० शुक्रवार ०९:३२ मा प्रकाशित

























