Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरिया एकता समाजद्वारा रु १२ लाख सहयोग प्रदान



३० असार , विराटनगर । दक्षिण कोरियास्थित डेउ नेपाली एकता समाज (गजेदो)ले कोरियामा कार्यरत रहेका बेलामा मृत्यु भएका एक नेपालीलाई रु १२ लाख सहयोग प्रदान गरेको छ ।

दक्षिण कोरियाको डेउ कम्पनीमा कार्यरत विराटनगर – ३ बस्ने उमेशचन्द्र पौडेलको गत वैशाख २३ गते मृत्यु भएको थियो ।
समाजले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्व पौडेलकी छ वर्षीया छोरी युुनिशा पौडेलको पठनपाठनका लागि रु ११ लाख ६४ हजार ३४८ रकम प्रदान गरेको हो ।

उक्त रकम समाजका सचिव चन्द्र साङहाम्फेले विराटनगरस्थित नेपाल बँैक लिमिटेडमा रकम जम्मा गरी सोको भौचर पौडेलकी श्रीमती सुष्मा विष्ट पौडेललाई हस्तान्तरण गर्नुभएको हो ।

सचिव साङहाम्फेले आगामी दिन थप सहयोग उपलब्ध गराउने आश्वासन समेत दिनुभयो ।
स्व पौडेलकी श्रीमती पौडेलले समाजद्वारा प्राप्त सहयोगबाट छोरीको अध्ययनका लागि ठूलो राहात मिलेको बताउनुभयो ।

एकवर्ष अगाडि स्थापना भएको उक्त समाजले यसअघि धुर्मुस सुन्तली फाउन्डेसन र महावीर पुनको विज्ञान केन्द्रलाई पनि सहयोग प्रदान गरेको पत्रकार सम्मेलनमा बताइयो । डेउ कम्पनीमा करिब एक हजार नेपाली कार्यरत छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक