back

गोकर्णेश्वर नगरपालिकाको बजेट रु ६७ करोड

वि.सं.२०७४ असार ३० शुक्रवार

492 

shares
IME Limited
NTC AD

३० असार, काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले आव २०७४÷२०७५ का लागि पूर्वाधारलाई प्राथमिकता दिँदै रु ६६ करोड ९४ लाखको बजेट पारित गरेको छ ।

नगर कार्यपालिकाले बिहीबार पारित गरेको बजेटलाई आज बसेको नगर सभाले अनुमोदन गरेको हो । यो बजेट केही दिनमै सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकाले आज जोरपाटीमा आयोजना गरेको नगर सभामा प्रमुख सन्तोष चालिसेले प्रत्येक वडालाई रु चार करोडका दरले रु ३६ करोडको विकास बजेटसहितको कार्यक्रम प्रस्तुत गर्नुभयो ।

बजेटमा पूर्वाधार, सामाजिक, आर्थिक विकास, सांस्कृतिक प्रवद्र्धन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, भवन निर्माण, जगेडा कोष, संस्थागत विकास एवं सेवा प्रवाह र वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा विनियोजन गरिएको छ ।

बजेटमा एक वर्षभित्र जोरपाटी चोकमा सात तले गोकर्णेश्वर भवन बनाइने उल्लेख गरिएको छ । नगरपालिकाको कार्यालयसमेत रहने यो भवनमा नगरवासीलाई आवश्यक सबै सेवा दिने सोच अघि सारिएको छ ।

प्रत्येक वडामा निःशुल्क वाइफाइसहित दुई वटा हरित चोक, नौवटै वडामा आधुनिक सुविधासहितको सार्वजनिक शौचालय, ज्येष्ठ नागरिकलाई घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याइनेलगायत कार्यक्रम बजेटमार्फत् अघि सारिएको छ ।
बजेटमा खानेपानी, सरसफाइ, दलित, महिला, युवा, अपांगलगायतलाई मूल प्रवाहमा ल्याउने कार्यक्रम बनाइएको छ । प्रत्येक वडामा खेल मैदान निर्माणका लागि पनि बजेट छुट्याइएको छ । रासस

वि.सं.२०७४ असार ३० शुक्रवार १४:५१ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...