Logo
१५ चैत्र २०७९, बुधबार
     Wed Mar 29 2023
E-paper
  English Edition
   Unicode
Logo

तेइस वर्षअघि हत्या गरेर फरार भएका पक्राउ



३० असार, काठमाडौँ  । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३ वर्षअघि हत्या गरी फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।

सर्वश्वसहित जन्मकैद सजाय भएका सप्तरी, महादेवा गाउँपालिका घर भई काठमाडौँ धूम्रबाराही डेरा गरी बस्ने सचिन्द्र यादव र ३५ वर्षीय कारी यादवलाई बालाजुबाट प्रहरीले बिहीबार पक्राउ गरेको हो । विसं २०५१ फागुन २० गते राति पकरी चोक सप्तरीमा रामलीला हेरी घरतर्फ फर्कँदै गरेका स्थानीयवासी जोगेन्द्र मण्डललाई वादविवादका क्रममा कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

सो घटनामा संलग्न पाँच प्रतिवादीमध्ये हालसम्म फरार रहेका दुवैलाई ब्युरोको टोली पक्राउ गर्न सफल भएको हो । सो मुद्दामा सर्वोच्च अदालतको विसं २०६२ चैत ७ गतेको फैसलाले दुवै जनालाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेकामा पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौँमा पठाइएको छ ।

आगुऔषधसहित पक्राउ  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धादिङ दार्खाका कुमारसिंह तामाङलाई करिब पाँच किलो लागुऔषध चरेशसहित आज प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानबाट थाइल्याण्डको बैंकक जान लागेका तामाङलाई जाँच गर्ने क्रममा साथमा रहेको झोलामा फल्स बटम बनाई लुकाइछिपाई लैजान लागेका अवस्थामा उक्त लागुऔषध प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम