back

तेइस वर्षअघि हत्या गरेर फरार भएका पक्राउ

वि.सं.२०७४ असार ३० शुक्रवार

714 

shares

३० असार, काठमाडौँ  । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३ वर्षअघि हत्या गरी फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।

सर्वश्वसहित जन्मकैद सजाय भएका सप्तरी, महादेवा गाउँपालिका घर भई काठमाडौँ धूम्रबाराही डेरा गरी बस्ने सचिन्द्र यादव र ३५ वर्षीय कारी यादवलाई बालाजुबाट प्रहरीले बिहीबार पक्राउ गरेको हो । विसं २०५१ फागुन २० गते राति पकरी चोक सप्तरीमा रामलीला हेरी घरतर्फ फर्कँदै गरेका स्थानीयवासी जोगेन्द्र मण्डललाई वादविवादका क्रममा कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

सो घटनामा संलग्न पाँच प्रतिवादीमध्ये हालसम्म फरार रहेका दुवैलाई ब्युरोको टोली पक्राउ गर्न सफल भएको हो । सो मुद्दामा सर्वोच्च अदालतको विसं २०६२ चैत ७ गतेको फैसलाले दुवै जनालाई सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर गरेकामा पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशबमोजिम कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौँमा पठाइएको छ ।

आगुऔषधसहित पक्राउ  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धादिङ दार्खाका कुमारसिंह तामाङलाई करिब पाँच किलो लागुऔषध चरेशसहित आज प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाइन्सको उडानबाट थाइल्याण्डको बैंकक जान लागेका तामाङलाई जाँच गर्ने क्रममा साथमा रहेको झोलामा फल्स बटम बनाई लुकाइछिपाई लैजान लागेका अवस्थामा उक्त लागुऔषध प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो । रासस

वि.सं.२०७४ असार ३० शुक्रवार १४:५३ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...