back

बेलकोटगढीको बजेट रु ४७ करोड ४८ लाख

वि.सं.२०७४ असार ३१ शनिवार

69 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

३१ असार, त्रिशूली (नुवाकोट) । बेलकोटगढी नगरपालिकाको आव २०७४÷०७५ का लागि रु ४७ करोड रु ४८ लाख ३१ हजार बजेटसहित नीति तथा कार्यक्रम शुक्रबार पारित भएको छ ।

नगरपालिकाको कार्यालय बाघखोरमा शुक्रबार भएको प्रथम नगरसभाले बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो । सोअनुसार सामाजिक सुरक्षातर्फ रु सात करोड रहेको छ । रु २६ करोड ३८ लाख ६५ हजारलाई चालु खर्चतर्फ र पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ । उक्त रकमको १८ दशमलव ४६ प्रतिशत चालुतर्फ र बाँकी रहेको ८१ दशमलव ५४ प्रतिशत पुँजीतर्फ खर्च गरिने बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो । नगरपालिकाले ग्रामीण सडकलाई स्तरोन्नति गर्ने कामलाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ ।

नगर प्रमुख खनालले बेलकोटगढीलाई पर्यटकीय नगरका रुपमा विकास गर्न आवश्यक नीति तथा कार्यक्रमले प्राथमिकता राखेको बताउनुभयो । नगरपालिकाले आगामी आवका लागि ‘आधुनिक समृद्ध नगरको आधारः कृषि पर्यटनसहितको पूर्वाधार’ भन्ने मूल नारा तय गरेको छ । नगरपालिकाले कृषि, पर्यटन, ग्रामीण सडक, धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षणलगायत क्षेत्रमा बजेट विनियोजन गरेको छ ।

ककनी–रानीपौवा, गोरुवासी, आरुखर्क–चिम्लेश्वर, बाघखोर–च्यानथुम्का हुँदै देवीघाट जोड्ने पदमार्ग व्यवस्थित गर्ने, चिम्टेश्वरदेखि–बाघखोरसम्म सिँढी निर्माण गर्ने, वडादेखि केन्द्रसम्म जोड्ने सडक निर्माण गर्ने, नगरभित्रका ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान गर्ने, बेलकोटगढी, मदानपुरको वासुकी र दुईपीपलको डबलीको संरक्षण गर्ने, चिम्टेश्वरमा मदन भण्डारी उद्यान निर्माण गरी पर्यटकीय गन्तव्य बनाउने, वैद्य वनमा मनमोहन उद्यान तथा वनभोजस्थल बनाउनेलगायत कार्यक्रम अघि सारिएको नगरपालिकाका प्रवक्ता तथा वडा नं १३ का अध्यक्ष पशुपति लोहनीले जानकारी दिनुभयो ।

कृषिजन्य उत्पादनलाई प्राथमिकता दिने, माछा, च्याउ, बेमौसमी तरकारी खेती, अन्नबाली, जडीबुटी, फलफूल खेतीलाई प्राथमिकता दिने र आधुनिक कृषि प्रणालीमा विकास गरिने, पशुपालनमा उन्नत नश्ल सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने, नगरपालिकामा खाद्य बैंकको स्थापना गर्ने, नगरपालिकाभित्र नयाँ उद्योग स्थापना गर्न लगानीमैत्री वातावरण बनाउने, विशेष आर्थिक क्षेत्र बनाउन पहल गर्ने, युवालाई रोजगार सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने, ‘एक वर्षका लागि बाली १० वर्षका लागि रुख, १०० वर्षका लागि विद्यालयको लगानी’ भन्ने मूल नारालाई लागू गर्ने, अंग्रेजी माध्यमको पढाइ क्रमशः लागू गरिने कार्यक्रम अघि सारिएको छ ।

शिक्षा क्षेत्रमा गरीब, दलित र जनजातिलाई छात्रवृत्ति प्रदान गरी पढ्न पाउने वातावरणको सुनिश्चितता गर्ने र अंग्रेजी शिक्षालाई क्रमशः लागू गर्ने नीति लिइएको छ कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद चापागार्इंले नगरसभाले पारित गरेको नीति, कार्यक्रम तथा योजनालाई आगामी साउन १ गतेदेखि कार्यान्वयन गरिने र समृद्ध नगरपालिका निर्माणका लागि पूर्वाधार विकास गरिनेछ भन्नुभयो ।

तारकेश्वरको बजेट रु १० करोड ७० लाख

आज नै तारकेश्वर गाउँपालिकामा आव २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । विशेष गरी मोटरबाटो तथा खानेपानीका योजना, स्वास्थ्य, शिक्षा, कृषिलाइ प्राथमिकतामा राखेर प्रथम गाउँसभामार्फत बजेट एवं नीति, कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिकाका अध्यक्ष रमेश वस्तीकोे अध्यक्षतामा भएको सभामा गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक तारा रिमाल अधिकारीले रु १० करोड ७० लाख ५८ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

यस्तै शिवपुरी गाउँपालिकाले आव २०७४÷७५ का लागि रु ३२ करोड ३१ लाख ४० हजार बराबरको बजेटसहित नीति तथा कार्यक्रम आज प्रस्तुत गरिएको छ ।

शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाको अध्यक्षतामा भएको सभामा गाउँपालिकाका उपाध्यक्ष एवं कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक मञ्जु केसीले बजेट प्रस्तुत गर्नुभएको थियो ।

वि.सं.२०७४ असार ३१ शनिवार ०२:४५ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए...