back

आईसीसी बोर्ड सदस्यका लागि तिवारीले दिए उम्मेदवारी

वि.सं.२०७४ असार ३१ शनिवार

528 

shares

loknath-tiwari

गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसीसी) बोर्ड सदस्यका लागि लोकनाथ तिवारीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । डिसी राज्यमा व्यवसाय गरी बसेका तिवारी एनआरएनए एनसीसी अमेरिकाको स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका छन् । एनआरएनएको गैरआवासीय नेपालीहरुलाई नेपाली नागरिकताको निरन्तरता दिलाउन पहल गर्ने कार्यमा समेत भूमिका खेल्दै आएको स्मरण गराउँदै उनले आफूलाई जिताउन सबैसँगै सार्वजनिक अपिल गरेका छन् ।

उनको अपिल उनकै भाषामा :

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,
आसन्न एनआरएनएको तीनवटै तह एनआरएनए आईसीसी बोर्ड सदस्य, एनआरएनए अमेरिका र स्टेट च्याप्टरको निर्वाचनलाई हामी सबैको सद्भाव र सहयोगले सम्पन्न गर्नुपर्ने दायीत्व हामी सबैको हो । एनआरएनए अमेरिका बिश्वकै सबै भन्दा धेरै सदस्य संख्या रहेको एनसीसी भएका कारण पनि हामीप्रति विश्व समुदायको चासो र दृष्टि छ । यस अर्थमा हामीले अति नै संयम, सभ्य ,प्रजातान्त्रिक र मर्यादित निर्वाचन सम्पन्न गराउन जरुरी छ । तसर्थ सबै क्षेत्रबाट यथोचित सहयोग हुने नै छ ।

एनआरएनए अमेरिका स्थापना कालदेखि नै विभिन्न चरण पार गर्दै धेरै बर्षसम्म कनिकुथी जीवन्त रहेको अवस्थामा सन् २०१३ देखि २०१५ सम्मको कार्यकाललाई एनआरएनए एनसीसी अमेरिकाको स्वर्णिम कालको रुपमा आज पनि स्मरण गरिन्छ । उक्त समितिमा तपाईहरुको माया र सद्भावले मैले पनि बरिष्ठ उपाध्यक्ष भई सेवागर्ने सुअवशर पाएको थिएँ । बिभिन्न समयमा पाएको जिम्मालाई मैले कसरी सम्पन्न गरेको थिएँ, त्यो तपाईहरुका अगाडि स्पष्ट नै छ ।

छोटो समयको लागि निर्वाचित कार्य समितिको अगाडि समस्याका पहाडहरु थिए । हाम्रा मुख्य चुनौतीहरुमा मुख्यतया बन्दै गरेको नेपालको संबिधानमा एनआरएनहरुलाई गैर आवाशीय नेपाली नागरिकताको व्यवस्था हुनुपर्ने मुख्यमाग रहेको थियो । हामीले त्यसबखतमा नागरिकताको निरन्तरताको समितिसँग निरन्तर सहकार्य गर्दै नेपालको संविधानमामा गैर आवाशीय नेपाली नागरिकताको व्यवस्था गर्न सफलता मिल्यो । जसको कारणले अब हामी सबै बिदेशको नागरिकता लिएका नेपालीले नेपालमा अरु नेपाली सरह (राजनीतिक अधिकार बाहेक) अधिकार प्राप्त भयो ।

सन् २०१५ को नोभेम्बर २४ भित्र सम्पूर्ण हस्तलिखित नेपाली राहदानी लाई एमआरपी बनाइसक्नुपर्ने थियो । नेपाली दुताबासमा भएको सिमित स्रोत र साधनले छोटो समयमा ती धेरै राहदानी बनाउने सम्भावना थिएन । हाम्रो कार्य समितिले विभिन्न राज्यमा सहजकर्ता राखेर राहदानी बनाउने कार्यलाई सहज परियो । उक्त सहजकर्ताको संयोजन मैले गरेको थिएँ । त्यसैगरी तत्कालिन एनआरएन अमेरिकाको विधानलाईसंशोधन गरी सबैका लागि अनुकुल विधान बनाउनुपर्ने र राज्य समिति गठन गर्नु पर्ने चुनैती समेत थियो । हामीले एतिहासिक एजीएम मेरिल्याण्डमा सम्पन्न गरेर विधान संसोधन भयो । त्यो एजीएमको संयोजन गर्ने अभिभारा समेत मैले कुशलता पूर्वक पूरा गरेको थिएँ ।

अति नै सानो संख्यामा सदस्य रहेको एनआरएनए एनसीसी युएसएलाई विश्वकै धेरै सदस्य रहेको एनसीसी बनाउने महत्वकांक्षा हामीमा थियो । हाम्रो कार्य समितिको अहोरात्रको परिश्रमले त्यसको गौरब पनि यही कार्यसमितिलाई भयो । त्यतीमात्र नभई नेपालमा गएको महाबिनाशकारी भुकम्पको पीडामा मल्हम लगाउने र नेपाली जनतालाई तत्काल राहत , उद्दार र स्वस्थ शिबिर संचालन गर्ने कामपनि भयो । एनआरएनएको मुख्यालय निर्माणको लागि अमेरिकाबाट सबैभन्दा धेरै रकम संकलन गर्न सफल भएका थियौं ।

अबको आबश्कता भनेको एनआरएन एनसीसी र आईसीसीबीचको सम्बन्धलाई विशेष, समुधुर ,मजबुत गराउनु हो । अझै पनि नेपालमा गैर आवासीय नागरिकता र एनआरएन सम्बधित अन्य कानुन बन्ने क्रम बाँकी रहेको हुँदा हाम्रो आवाज काठमान्डौं लैजाने काम बाँकी नै रहेको परिस्थितिमा अमेरिकाबाट प्रतिनिधित्व गर्ने आईसीसी बोर्ड सदस्यको अति नै महत्वपूर्ण भूमिका रहन्छ ।

म एनआरएनको स्थापना कालदेखि नै अत्यन्त सक्रिय भूमिका निर्वाह गर्दै आएको कुरा यहाँहरुमाझ सर्वविदितै छ । तथापी मैले कहिले कुनै पद लोलुपता देखाइन । २०१३ देखि २०१५ को कार्यकालको छोटो अवधिमा बिशेष परिस्थितिमा मैले बरिष्ठ उपाध्यक्षको रुपमा निर्वाचित भै सेवा गर्ने सौभाग्य पाएँ । र मेरो जिम्बेबारीलाई इमान्दारीपूर्वक पूरा गरें । २०१५ देखि २०१७ को कार्यकालमा म आईसीसी अन्तर्गत रहेका फरेन इम्प्लोइमेन्ट रिलिफ फण्ड टास्क फोर्सको को चेयरका रुपमारुपमा सेवारत रहेको जानकारी गराउदै आगामी अगस्त महिनाको ११ र १२ मा हुन गइरहेको आईसीसी बोर्ड सदस्यको निर्वाचनमा आफ्नो अमुल्य मत दिई एनआरएन आईसीसी बोर्ड सदस्यमा मलाई पुन सेवा गर्ने अवसर प्रदान गर्नु हुनेछ भन्ने कुरामा म बिस्वस्त छु । धन्यवाद ।
लोकनाथ तिवारी
बोर्ड सदस्य उम्मेदवार
एनआरएनए आईसीसी

वि.सं.२०७४ असार ३१ शनिवार ०४:३० मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...