back

युभेन्ट्सका सेन्टर ब्याक बोनुच्ची मिलानमा अनुबन्धित

वि.सं.२०७४ साउन १ आइतवार

696 

shares

bonucci

१ साउन, एजेन्सी । ईटलियन क्लब युभेन्ट्सका सेन्टर ब्याका लिओनार्दो बोनुच्ची छिमेकी क्लब एसीमिलानमा अनुबन्धित भएका छन् । इटलीका भेट्रान डिफेन्डर बोनुच्चीलाई किन्न चेल्सी, म्यानचेष्टर सिटी, लगायतका क्लबहरु ईच्छुक देखिएपनि बोनुच्चीले छिमेकी क्लब रोजेका हुन् । सानसिरो क्लब मिलानसँग उनले ५ वर्षको सम्झौता गर्ने भएका छन् । इन्टर मिलानबाट वयवसायिक फुटबल खेल्न सुरु गरेका ३० वर्षे डिफेन्डरले ईन्टर युभेन्टस हुदै मिलान गएका हुन् ।

मिलानमा अनुबन्धित भएका बोनुच्चीले वार्षिक ७५ लाख युरो बराबरको पारिश्रमिक लिने भएका छन् । जुन ईटििलयन क्लबमा खेलाडीहरुले अहिले सम्म पाएको उच्चतम ज्याला हो । मिलनमा आएपछि उनी सम्भवत मिलानका कप्तान समेत बन्ने छन् ।

कुनै बेलाको निकै सफल क्लब मानिएको मिलानले आफ्नो साख फर्काउन भन्दै युरोपमा सबैभन्दा धेरै पैसा खर्च गरेको छ । बोनुच्ची मिलानमा यो सिजनमा आउने ५ औ खेलाडी खेलाडी हुन् । मिलानले बोनुच्चीलाई किन्न करिब ४० मिलियन युरो बराबरको रकम खर्चेको छ ।

वि.सं.२०७४ साउन १ आइतवार ०९:४८ मा प्रकाशित

Himalayan Life AD
झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...

मलेशियालाई हराउँदै एसिया कपमा नेपालमा स्थान  सुरक्षित

मलेशियालाई हराउँदै एसिया कपमा नेपालमा स्थान  सुरक्षित

काठमाडौँ । नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट भएको...