back

मोदी गाउँपालिका को बजेट रु ३७ करोड ४३ लाख

वि.सं.२०७४ साउन ३ मंगलवार

570 

shares
IME Limited
NTC AD

gaupalika३ साउन, फलेवास (पर्वत)  । मोदी गाउँपालिकाको प्रथम गाउँसभाले आगामी आव २०७४÷०७५ का लागि रु ३७ करोड ४३ लाख १२ हजार बराबरको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरी पारित गरेको छ ।

सोमध्ये चालुतर्फ रु २५ करोड ६४ लाख ४० हजार र पूँजीगततर्फ रु ११ करोड ७८ लाख ७२ हजार विनियोजन गरिएको छ । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष सेती महतले बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बजेट, नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न सकिने गरी योजनालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले जानकारी दिनुभयो ।

बजेटमा गाउँपालिका सवै वडामा सडकको पहुँच विस्तार गर्ने, गुणस्तरीय शिक्षामा सबै नागरिकको पहुँच अभिवृद्धि गर्ने, वन– पर्यटन– उद्योग– जलविद्युत्, व्यावसायिक कृषि तथा पशुपालनको माध्यमद्वारा स्वरोजगार र रोजगार सिर्जना गरी युवालाई पलायन हुनेबाट रोक्ने योजनालाई पनि नगरसभाले प्राथमिकतामा राखेको बताइएको छ ।
 

द्वन्द्वपीडितका हकदारलाई रु तीन करोड

तत्कालीन सशस्त्र द्वन्द्वका बेला विभिन्न कारणले पीडित बनेका परिवारलाई रु तीन करोडभन्दा बढी रकम वितरण गरिएको छ । जिल्लामा स्थायी घर ठेगाना भएका सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएका व्यक्तिका परिवार, बेपत्ता भएका व्यक्तिका नजिकका हकदार र विस्थापित परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयमार्फत रु तीन करोड दुई लाख २५ हजार चार सय ५० राहत वितरण गरिएको हो ।
यसअघि विभिन्न चरणमा रु पाँच लाख राहत बुझेका बेपत्ता भएका व्यक्ति र मृतकका हकदारलाई यस पटक रु पाँच लाख थप गरी रु १० लाख पु¥याइएको छ । त्यसै गरी सशस्त्र द्वन्द्वका समयमा मृत्यु भएका सुरक्षाकर्मीका हकदारले यसअघि विभिन्न चरणमा रु आठ लाख ५० हजार राहत बुझिसकेकामा यस पटक रु एक लाख ५० हजार थप गरी रु १० लाख पु¥याइएको सहायक प्रजिअ प्रवीण ढकालले जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वका बेला यहाँबाट दुई जना बेपत्ता भएका थिए । उनीहरुका परिवारलाई रु १० लाख प्रदान गरिसकिएको छ । सुरक्षाकर्मीसहित सर्वसाधारण गरी मृत्यु भएका ८४ जनाको परिवारलाई अन्तिम पटक रु एक लाख ५० हजार दरले वितरण गरिएको बताइएको छ ।
द्वन्द्वका क्रममा विभिन्न कारणले २२ घरपरिवारका ८४ सदस्य विस्थापित थिए । उनीहरुलाई प्रतिपरिवार रु २५ हजारका दरले वितरण गरिएको बताइएको छ । रासस

वि.सं.२०७४ साउन ३ मंगलवार ०९:०५ मा प्रकाशित

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला...

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

ल्हेन्दे खोला बाढीः ५७ जनाको उद्धार

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी...

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

हिमाली क्षेत्रमा बढी मूल्यवृद्धि

काठमाडौँ । तुलनात्मक रुपमा हिमाली क्षेत्रमा बढी महङ्गी देखिएको छ...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु...

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...