back

पिडित प्रदिप राईलाई खोटाङ सेवा समाज कतारको सहयोग

वि.सं.२०७४ साउन ४ बुधवार

606 

shares

pradip-ra2i

रुद्र शर्मा कतार । खोटाङ सेवा समाज कतारले खोटाङ जिल्ला निबासी प्रदिप रार्इलार्इ तत्कालका लागि केहि आर्थिक नगद र खाद्यान्न समाग्री सहयोग गरेको छ ।१७ जुलाई २०१७ का दिन समाजको एक टोलिले पिडित कै कम्पनीको क्याम्पमा गएर सहयोग गरेको हो ।

खोटाङ जिल्ला दिप्रुंङ गाउपालिका १ बतासे निबासी प्रदिप राइ करिब ३ महिना अगाडि कतारको क्यापिटल ब्रान्च भन्ने कम्पनिमा रोजगारीको सिलशिलामा आएका थिए । तिन महिना सम्म कम्पनीमा लगातार काम गर्दै आउँदा पनि कम्पनीले दिनु पर्ने सेवा सुबिधा र तलब नदिए पछि पिडित राइले खोटाङ सेवा समाज कतारका उपाध्यक्ष रुद्र शर्मा आचार्य मार्फत सस्थालाइ जानकारी गराउदै सहयोगको लागि अपील गरेका थिए । जानकारी आए पस्चात सस्थाका अध्यक्ष तिलाबहादुर खत्रीले तत्कालका लागि आबस्यक सहयोग उपलब्ध गराउन पहल गर्ने र त्यतिन्जेलका लागि सस्थाका तर्फबाट केही नगद कतारी रियल र खाद्यान्न सामाग्री सहयोग गर्ने निर्णय गरेको थियो । उपाध्यक्ष रुद्र शर्माको नेतृत्वमा सचिब परशुराम श्रेष्ठ, कोषाध्यक्ष दिल्ली शेर खडका र बरिस्ठ सदस्य बलराम तामाङले पिडित लाइ प्रत्यक्ष्य भेटेर पीडित राई बस्ने क्याम्पमै पुगेर सहयोग गरेको हो।

कम्पनिले भने जस्तो सेवा सुबिधा र तलब नदिए पछि पीडित रार्इ नेपाल फर्किने अन्तिम तयारी रहेको बताउछन । नेपाल फिर्ताको लागि परिवारजन मार्फत हवाई टिकेट बुकिङ गरी यहि आउदो जुलाई १९ तारीखका नेपाल फिर्ती हुने जानकारी पीडित राईले सस्थाका उपाध्यक्ष शर्मालाई दिएका छन।

वि.सं.२०७४ साउन ४ बुधवार ०३:२४ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...