back

अस्पतालमा बिरामी बढे, सफा पानी पिउन आग्रह

वि.सं.२०७४ साउन ४ बुधवार

678 

shares

४ साउन, त्रिशूली (नुवाकोट)। वर्षायाम लागेसँगै पछिल्ला केही दिनयतादेखि नुवाकोटका अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् ।

ज्वरो, भाइरल फिवर, रुघाखोकीको ज्वरो, दम, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको त्रिशूली जिल्ला अस्पतालका डा राजेन्द्र लामाले बताउनुभयो । बर्खाको समयमा विशेषगरी पिउने पानीमा हुने प्रदूषणका कारण बिरामीको संख्यामा वृद्धि भएको अस्पतालले जनाएको छ ।

अस्पतालमा १०५ डिग्री सेल्सियससम्म उच्च ज्वरोका बिरामीसमेत उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । अस्पतालमा दैनिक १०० जनासम्म बिरामी उपचारका लागि आउने गरेकोमा अधिकांश बिरामी ज्वरोको हुने गरेको डा लामाले बताउनुभयो । झोलिलो खानेकुरा खान, कडा परिश्रम नगर्न, खानपान र व्यायाममा ध्यान दिन बिरामीलाई सल्लाह दिँदै आएको उहाँले बताउनुभयो ।

विशेषगरी नुवाकोट सदरमुकामसँग जोडिएका गाउँपालिका तथा नगरपालिकाबाट ज्वरोका बिरामी आउने गरेका छन् । डा लामाले जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाको केही ठाउँमा गरेको नमूना परीक्षणमा पानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएकाले पानी शुद्धीकरण गरेर पिउन आग्रह गर्नुभयो ।

रातमाटे, विदुर, कोलनी, तुप्चे, गेर्खु र काउलेको खानेपानीको परीक्षणमा कोलिफर्मको मात्रा ३० देखि ६० सम्म रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

वि.सं.२०७४ साउन ४ बुधवार ०३:३२ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...