Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

केन्यावाट नेपाली युवतीको उद्धार



नैरोबी ,केन्या । गैरअवासीय नेपाली संघ र बाणिज्य दूताबासको संयुक्त पहलमा केन्याबाट नेपाली युवतीको उद्धार गरिएको छ ।
केन्याका लागि नेपालका अबैतानिक बाणिज्य दूत जिम्मी ओस्कर र गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष रामचन्द्र बस्याल, अध्यक्ष कृष्ण दत्त भट्टको संयुक्त र निरन्तर प्रयासबाट डान्सबारमा काम गर्ने नेपाली युवको उद्दार गरी नेपाल पठाएको हो ।

नेपालबाट भारतहुँदै केन्या लगायत पुर्बी अफ्रिकी मुलुकका डान्स बारहरुमा नेपाली चेलीबेटी आउने र यहाँ अनेकौ दुःख कस्ट पाइ नेपाली फर्कन काम अझै रोकिएको छैन ।
२०१४ मार्चमा नैरोबीमा गैरआवासीय नेपाली संघ केन्या र नेपाली दूताबास दक्षिण अफ्रिकाको सहयोगमा सम्पन्न भएको प्रथम अफ्रिका क्षेत्रको बैठकमा जारी गरिएको ९ बुँदे घोषणा पत्रमा प्रमुख बुँदा नै नेपालदेखि अफ्रिकी मुलुकहरुमा भैइरहेको मानब तस्करी कसरी न्यून गर्न सकिन्छ भन्ने नै थियो ।
त्यो सानो प्रयासले धेरै हदसम्म मानवतस्करी कम भएको कुरा त नितान्त सत्य साबित भएको छ । तर अझै पनि खास गरेर मुज्रामा नाच्न आउने चेलीबेटीको संख्या भने अझै घटेको छैन । अन्य पेसामा आउनेहरु भने खासै समस्यामा नपरेको कुरा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष श्री राम चन्द्र बस्याल बताउँछन् ।
नेपाली युवतीहरु बिभिन्न दलालद्वारा पर्यटक भिसामा केन्या पुग्ने र ३ महिनासम्म काम गरी केही फर्कने गरेका छन् भने केही धेरै समय त्यतै बस्ने गरेको पाइएको छ । जटिल परिस्थितीमा उद्दारको लागि मात्रै दूताबास र गैरअवासीय नेपाली संघ गुहार्ने कुरा अफ्रिका क्षेत्र संयोजक सुनिल कार्कीले बताए ।
अबैतानिक बणिज्यदूत जिम्मी ओस्कर र एनआरएनएका तर्फबाट राम चन्द्र बस्याल र कृष्ण दत्त भट्टबाट संयुक्तरुपमा बिभिन्न समयमा नैरोबीमा रहेका नेपाली युवतीहरु काम गर्ने तर समस्यामा परेर तत्काल उद्दार गर्नु पर्ने ठाउँमा निरिक्षण गरेर सम्बन्धित निकायलाई नेपाली युवतीहरुको करार अबधी, तलब र अन्य सुबिधा प्रस्टसँग उल्लेख गर्नुपर्ने लागायत नेपाली कामदारको सुरक्षाको बारेमा कुराकानी गरेको पनि बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले