back

यो वर्षको पल्सर स्पोर्टस अवार्ड भदौमा हुने

वि.सं.२०७४ साउन ४ बुधवार

159 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

pulsor

४ साउन, काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने यस वर्षको पल्सर स्पोर्टस अवार्ड–२०७३ आगामी भदौ महिनामा हुने भएको छ ।

मञ्चको बाइसौँ वार्षिकत्सवको अवसर पारेर भदौ २६ गते अवार्ड कार्यक्रम गरिने मञ्चका अध्यक्ष महेश आर्चायले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।

त्यस्तै, मञ्चको महासचिव प्रकाश तिमल्सिनाले विगतका वर्षमा जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी आठ विधामा अवार्ड प्रदान गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पहिलोपटक चार विधाका विजेताले बजाज कम्पनीको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् ।

यसअघि उत्कृष्ट पुरुष र महिला खेलाडी र पिपल्स च्वाइस अवार्ड विजेताले मोटरसाइकल पाउँदै आएका थिए । यो वर्ष अर्को एक विधाका विजेतालाई पनि मोटरसाइकल दिइने र त्यसका विषयमा पछि जानकारी गराइने मञ्चका अध्यक्ष आचार्यले बताउनुभयो । अन्य चार विधाका विजेताले अवार्डका साथै रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

मञ्चका अध्यक्ष आचार्यको संयोजकत्वमा अवार्ड सफल बनाउन मूल समारोह समितिका साथै विभिन्न उपसमितिसमेत गठन गरिएको छ । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले केही दिनमा विभिन्न विधाका मनोनयनमा पर्ने खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गर्ने उक्त पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

हंसराज एन्ड हुलास चन्दका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले यस अवार्डलाई व्यावसायिक रुपमा नभई खेलकुदको विकास तथा विस्तारका लागि आफूहरुले प्रायोजन गर्दै आएको बताउनुभयो । उहाँले अवार्डका लागि नगद र जिन्सीसहित रु १८ लाख ९० हजार बराबरको प्रायोजन गरेको जानकारी दिनुभयो ।

वि.सं.२०७४ साउन ४ बुधवार ०९:५३ मा प्रकाशित

नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

नेपाल ए ले क्यानडालाई दियो एक सय ८२ रनको चुनौती

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए...

नेपालले दियो नमिबियालाई एक सय ६८ रनको चुनौती

नेपालले दियो नमिबियालाई एक सय ६८ रनको चुनौती

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भएको...

क्यानडाले दियो नेपाललाई जितका लागि दुई सय ४१ रनको लक्ष्य

क्यानडाले दियो नेपाललाई जितका लागि दुई सय ४१ रनको लक्ष्य

काठमाडौँ । क्यानडा-११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपालले जितका...

एकदिवसीय क्रिकेट : नेपालले टस जितेर पहिला बलिङ गर्दै

एकदिवसीय क्रिकेट : नेपालले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल ‘ए’ले क्यानडा–११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको...

नेत्रहिीन क्रिकेट प्रतियोगिता : बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी

नेत्रहिीन क्रिकेट प्रतियोगिता : बर्दिया नेत्रहीन क्रिकेट संघ विजयी

कोहपुर (बाकें) । नेत्रहीन क्रिकेट संघ नेपालले कोहपुर बाकेंमा आयोजना...

नेपाल एले दियो क्यानडालाई २१७ रनको लक्ष्य

नेपाल एले दियो क्यानडालाई २१७ रनको लक्ष्य

काठमाडौं । एक दिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको...