Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

जाजरकोट ट्राफिकद्वारा रु ८ लाख बराबरको राजस्व संकलन



jajarkot

 ४ साउन, जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा एक हजार २५० सवारी चालकलाई कारबाही गरी रु आठ लाख १४ हजार राजश्व संकलन गरेको छ ।

चालक अनुमतिपत्रबिना सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चालक बढी कारबाहीमा परेका छन् । असारमा १७२ सवारी चालकलाई कारबाही गरी रु एक लाख पाँच हजार राजश्व संकलन गरिएको छ ।

साउनमा ७३ सवारी चालक, भदौमा ९५, असोजमा ८६, कात्तिकमा ८२, मङ्सिरमा १०६, पुसमा ७९, माघमा १०६, फागुनमा ११४, चैतमा ९२, वैशाखमा ९७ तथा जेठमा १३८ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक इन्चार्ज कुलबहादुर ओलीले जानकारी दिनुभयो ।

जिल्लामा अहिले अस्थायी रुपमा ट्राफिक कार्यालय स्थापना गरिएको छ । खलङ्गा र छेडा चेकपोष्टमा तीनजना ट्राफिक प्रहरी खटिएका छन् । उनीहरु बस्न भवनको अभाव छ । छिन्चु–जाजरकोट सडक खण्डको भेरी नगरपालिका–४ शान्तिचौतारी नजिक कर्कटपाताको अस्थायी टहरा बनाई कार्यालय सञ्चालन गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक