Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

बाँदर आतंकले अनुसन्धान केन्द्र पनि प्रभावित



४ साउन, पोखरा  । लगाएका खेतीबाली खाइदिएर बाँदरले कृषकलाई सास्ती दिँदै आएका त थिए नै, कृषिकै अनुसन्धान गर्दै आएको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पनि यो समस्याबाट अछुतो बन्न सकेको छैन ।

विभिन्न बालीको अध्ययन तथा अनुसन्धान गर्दै आएको यो केन्द्रलाई अहिले अनुसन्धानका लागि लगाइएका बाली कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ ।

केन्द्रका प्रमुख तुलबहादुर पुनका अनुसार अनुसन्धानका लागि लगाइने बालीको बीउ पनि खोस्रिएर खाइदिने भएपछि बीउ लगाउँदादेखि नभित्र्याउँदासम्म बाँदरबाट जोगाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

केही समययता लुम्लेमा नयाँ प्रजातिको बाँदर देखिएको जानकारी दिँदै उहाँले धपाउँदा पनि अटेर गर्ने भएकाले बाली जोगाउन मुस्किल पर्ने गरेको बताउनुभयो ।

लुम्ले आसपासका क्षेत्रमा ठूलो संख्यामा बाँदर रहेका छन् । उहाँले बाँदर हुल बाँधेर केन्द्रमा अनुसन्धानका लागि लगाइएका बालीमा पस्ने गरेको बताउनुभयो । अनुसन्धान समेत प्रभावित पारेका यहाँका बाँदरले जिल्लाका सबैजसो ठाउँका कृषकलाई दुःख दिँदैआएका छन् ।

बाँदर आतंक हल गर्नुपर्ने सर्वसाधारणको माग बढेर गएपछि कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा यसको व्यवस्थापनका लागि रु १० लाख विनियोजन गरेको विषय यतिखेर सर्वत्र चासो र चर्चाको विषय बनेको छ ।

बाँदरबाट खेतीबाली जोगाउन नसकिएको भन्दै स्थानीयवासीबाट गुनासो आएपछि गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

बाँदरले सताएपछि कृषकहरू सम्बन्धित जिल्ला कृषि कार्यालय तथा वन कार्यालयमा नियन्त्रणको मागसहित पुग्ने गरेका छन् ।

वन्यजन्तु संरक्षण ऐनले आसामे रातो बाँदरलाई संरक्षित जनावरमा राखेको जिल्ला वन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताउनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक